सबैभन्दा बढी डाउनलोड हुनेमा फेसबुकका एप्स

सबैभन्दा बढी डाउनलोड हुनेमा फेसबुकका एप्स

एजेन्सीः विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड हुनेमा फेसबुकका चार एप्स रहेका छन् ।फेसबुक, फेसबुक मेसेन्जर, ह्वाट्स एप्स र इन्स्टाग्राम हो । सन् २०१० देखि सन् २०२० सम्म सबैभन्दा बढी डाउनलोड भएका एप्सको सूची एप एनीले प्रकाशित गरेको थियो । 

सूचीमा ह्वाटस एप तेस्रो र इन्स्टाग्राम चौथो स्थानमा परेको छ । सन् २०१४ मा ह्वाट्स एप  र सन् २०१२ मा इन्स्टाग्रामलाई फेसबुकले किनेको थियो ।

ती प्रत्येक एप्स एक अर्ब पटकभन्दा बढी डाउनलोड भएका छन् । अक्सफर्ड इन्टरनेट इन्स्ट्ट्यिुटमा वरिष्ठ अनुसन्धानकर्ता समेत रहेका ताहा यासेरीले यो राम्रो नभएको प्रतिक्रिया दिएका छन्।

सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जाल र सञ्चारका चार एप्स एउटै कम्पनीका हुनु भनेको तथ्याङ्कमाथि एकाधिकार हो ।  ती सबैमा भएको व्यक्तिको तथ्याङ्क जोड्ने हो भने कुनै पनि व्यक्तिको बानी र सोचबाट धेरै स्पष्ट कुरा थाहा हुन्छ । त्यो शक्तिको स्तर नियमन हुनुपर्छ।

सूचीमा पाँचौ र छैंठो स्थानमा स्न्यापच्याट र स्काइप छन् । त्यसपछि चिनियाँ कम्पनीका स्वामित्वमा भएका टिकटक र युसी ब्राउजर छन् । युट्युब र ट्वीटर पनि शीर्ष १० मा पर्न सफल भएका छन् । शीर्ष १० मध्य ८ वटा अमेरिकी कम्पनीका एप्स छन् । यो दशकमै सबैभन्दा डाउनलोड गरिएको खेल भने सबवे सर्फर्स हो जुन डेन्र्माकको किलूले बनाउँछ। 

क्यान्डी क्रस सागा दोस्रो स्थानमा र टेम्पल रन २ तेस्रो स्थानमा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.