चितवन हात्ती सुन्दरी प्रतियोगिता : बफकिङ्कली विजयी

चितवन हात्ती सुन्दरी प्रतियोगिता : बफकिङ्कली विजयी

चितवन : चितवन हात्ती महोत्सव अन्तर्गत बिहिबार सौराहामा फरक दृष्य हेर्न पाइयो । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा अघिल्ला दिन हात्तीको बनभोज, फुटबल, पोलो हेरेर रमाएका दर्शकका लागि ‘हात्ती सुन्दरी’ प्रतियोगिता नौलो बन्यो। बेहुलीझैं सिँगारिएका हात्ती दर्शकदीर्घामा ‘क्याटवाक’ गरिरहँदा मैदानमा रहेका निर्णायकहरू ध्यानपूर्वक नियालिरहेका देखिन्थे। 

टाउकोमा कालो, आँखामा गाजल, नङमा पालिस लगाएका हात्तीहरू क्याटवाक गरिरेका थिए । सबैलाई  मोहित बनाउँदै बफकिङकली हात्ती सुन्दरी प्रतियोगिताको उपाधी चुम्न सफल भयो ।  चितवन हात्ती महोत्सव अन्तर्गत गरिएको हात्ती सुन्दरी प्रतियोगिताको फाइनल प्रतिस्पर्धी अन्य दुई हात्तीलाई पछि पार्दै होटल ब्यवसायी ज्ञानेन्द्रकुमार विष्टको ३५ वर्षको बफकिङकली विजेता बनेको हो । 

प्रतियोगितामा बलराम दाहालको चम्पाकली फस्ट रनरअप र गोकर्ण गिरीको जयमतिकली सेकेण्ड रनरअप भए । प्रतियोगितामा युनाइटेड हात्ती संचालन सहकारी संस्थामा आवद्ध पाँच हात्ती सहभागी थिए । निर्णायकको प्रश्नको सामना  हात्तीले माहुतेको इशाराबाट गरे । उनीहरुले हात्तीको सुँड, दारा, खुट्टा, चिल्लो पना, हिँडाइ र माहुतेको आनीबानी बुझेर निर्णय गरेका थिए । हात्तीको श्रृंगार, अनुशासन र हात्तीको स्वास्थ हेरिएको थियो । 

उत्कृष्ट सिँगारपटार, क्याटवाक र माहुतेसँगको राम्रो सम्बन्धका कारण उपाधी पाएको हो । दर्शकले बनभोजपछि सबैभन्दा बढी रुचाएको प्रतियोगिता ‘हात्ती सुन्दरी’ हो । यस्तो प्रतियोगिताले हात्तीलाई सुन्दर र स्वस्थ राख्न प्रेरणा दिन्ने महोत्सवका मूल संयोजक राममणी खनालले बताए  ।  

गत शनिबार पहिलो चरणबाट तीन हात्ती फाइनलमा पुगेका हुन् । निर्णायकहरूले हात्तीको नङ, सुँड, कानमा ध्यान लगाएर हेरेका थिए ।  वन्यजन्तुलाई सफा र सुन्दर राख्नपर्छ भनेर प्रतियोगिता गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले बताए ।  वन्यजन्तुलाई माया गर्नुपर्छ भन्ने सन्देश दिएको आयोजकले जनाएको छ । पौष १० गतेबाट सौराहामा हात्ती महोत्सव संचालन गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.