नेपाल–भारत सीमा निरीक्षणमा निस्कियो टोली

नेपाल–भारत सीमा निरीक्षणमा निस्कियो टोली

काठमाडौं : कूटनीतिक तथा नापीसम्बन्धी प्राविधिक टोली नेपाल–भारत सीमा निरीक्षणमा निस्किएको छ। भारतीय नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी राखेपछि नेपाल सरकारले स्थलगत अध्ययनका लागि सीमा निरीक्षण समिति गठन गरेको थियो। भारत र चीन दुवैतर्फको सीमा निरीक्षणका लागि समिति गठन भए पनि प्रतिकूल मौसमका कारण भारततर्फका सीमा निरीक्षण तथा अवलोकनका लागि टोली प्रस्थान गरेको छ।

निरीक्षण समितिको नेतृत्व परराष्ट्रका भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखाका प्रमुख यज्ञबहादुर हमालले गरेका छन्। टोलीमा नापी विभागका महानिरीक्षक प्रकाश जोशी पनि छन्। नेपाल–भारतको सीमातर्फ कालापानी र सुस्ताबाहेकको सीमा क्षेत्रमा सीमांकन भइरहेको छ।

दार्चुलादेखि ताप्लेजुङसम्मको नेपाल–भारतको सीमाको १ हजार ८ सय ८० किलोमिटर दुरीमध्ये दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक तथा सुस्तामा विवाद छ । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा ३९५ वर्गकिलोमिर र सुस्तामा १४ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरिरहेको छ। भारतले अतिक्रमण गरेको भूभागका सम्बन्धमा सन् २०१४ नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट टुंग्याउने सहमति भएको थियो। तर भारतीय पक्षको बेवास्ताका कारण संयन्त्रको बैठक अहिलेसम्म बसेको छैन।

उत्तरतर्फको सीमा निरीक्षणका लागि नेपाल–चीन समितिको संयोजकमा परराष्ट्र मन्त्रालय चीनसमेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कालीप्रसाद पोखरेल छन्। चीनतर्फको अध्ययन र निरीक्षणपछि हुने परराष्ट्र स्रोतले बताएको छ।

दुवै समितिमा परराष्ट्रसहित गृह, रक्षा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधि छन्। मन्त्रालयबाट सहसचिव र प्रहरीतर्फ प्रहरी नायब महानिरीक्षक संलग्न छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.