हेलेनको साथी मार्था

हेलेनको साथी मार्था

मार्था स्पिक्स बालबालिकाको कार्टुन शृंखला हो। यो कार्टुन सन् १९९२ को बालबालिकाको किताब ‘मार्था स्पिक’ लाई आधार बनाएर तयार पारिएको हो। यो कार्टुन सुसन मेडडघले बनाएका हुन्।

यो कार्टुन कुकुर मार्थाको विषयवस्तुमा केन्द्रित छ। उक्त कुकुर १० वर्षीया हेलेन लोरेनको हो। जब हेलेनले मार्थालाई अल्फाबेट सुप खुवाउँछिन् तब चाउचाउको अक्षर उसको पेटमा पुग्नुको सट्टा मस्तिष्कमा पुग्छ। त्यसपछि मार्था मानिसले बोल्ने जस्तै शब्द बोल्न थाल्छ। यो कार्टुनमा काल्पनिक सहर वागस्ट्याफको चित्रण गरिएको छ। कार्टुनमा सबै जनावरले कुनै न कुनै प्रकारको भाषा बुझ्न सक्छन्। तर, यसलाई बोल्न जान्दैनन् भन्ने देखाउन खोजिएको छ।

कार्टुनका कुकुर, बालबालिका र वयस्क गरी तीन प्रकारका पात्रहरू छन्।

कुकुर पात्रहरू

मार्था लोरेन: मार्था कार्टुनको प्रमुख कुकुर पात्र हो। उसले मानिसले जस्तै कुरा गर्न सक्छ। मार्था जन्मिँदा नै ऊर्जावान् थियो। हेलेनले एकदिन उसलाई अल्फावेट सुपको कचौरा दिइन्। सुप पिएपछि मार्था कुरा गर्न सक्ने भयो। सुपमा भएको अक्षर उसको पेटमा जानु सट्टा उसको मस्तिष्कमा पुग्यो। मार्थाले जिराफ र बाँदरबाहेक अधिकांश जनावरको भाषा बुझ्न सक्छ। एक एपिसोडमा मार्थाले जनावरको बृहत् भाषाको शृंखला बुझ्न सक्छ भनेर देखाइएको छ। किनकि सबै जनावरसँग समान व्याकरण प्रणाली हुन्छ।

स्किट्स लोरन: स्किट्स हेलेनको अर्काे कुकुर हो। यसलाई पनि मार्थालाई जस्तै हेलेनले अल्फावेट सुप पिउन दिएकी थिइन्। तर, स्किट्सले बोल्न सकेन। स्किट्सलाई ‘मार्था एन्ड स्किड’ एपिसोडमा पहिलो पटक देखाइएको थियो।

बालबालिका पात्रहरू

हेलेन लोरेन: हेलेन मार्था र स्किट्सको मालिक हुन्। उनको छोटो र रातो कपाल छ। हेलेन मार्थाको सबैभन्दा नजिक छन्। हेलेनले मार्था पनि उनको नजिक छ भन्ने सोच्छिन्। उनका भाइबहिनीभन्दा उनी धेरै समझदार छन्। तर, उनी धेरै संकोची स्वभावकी छन्। उनी सधैं साथी समूहसँग घुमिरहन्छिन्। टिडी उनको सबैभन्दा मिल्ने साथी हुन्। हेलेनको उमेर करिब ११ वर्ष भएको छ।

टिडी केनेली: उनी हेलेनको मिल्ने साथी हुन्। उनका बुवा ओजी एक आविष्कारक हुन्। उनकी आमा स्कुलकी भाइस प्रिन्सिपल हुन्। उनका हजुरबुवाको नाम सीके हो। टिडीको कपाल अलि घुमाउरो हुन्छ।

एलिस बक्सबुड: एलिस हेलेनको अर्काे मिल्ने साथी हुन्। उनको कपाल सुनौलो छ। उनले खैरो रङको स्कर्ट लगाउँछिन्। उनको भाइ पनि छ। उसको नाम रोनाल्ड हो। एलिसको बिरालोको नाम नेल्सन हो।

यीबाहेक कार्टुनमा क्यारोलिना लोरेन, टु«मन बटली र जेम्स आदि बालबालिका पात्रहरू छन्।

वयस्क पात्रहरू

डेनियल डेनी: उनी हेलेनको बुवा हुन्। उनी बस ड्राइभर हुन् भने गाउँकै एक थियटरका नायक हुन्। उनी सधैं गम्भीर देखिन्छन्।

मारियला लोरेन: उनी हेलेनकी आमा हुन्। उनी पनि गाउँकै थियटरका नायक हुन्।

लुसिल र बेनार्ड लोरेन: उनीहरू डेनियलका आमाबुबा हुन्।

मिसेस क्लस्की: उनी हेलेनकी शिक्षक हुन्।

यो कार्टुन शिक्षा र कमेडीमा आधारित छ। यसको लेखन केन स्करब्रोफले गरेका हुन्। यो कार्टुनका ६ सिजन छन् भने ९६ एपिसोड छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.