लिभरपुल अझै अपराजित

लिभरपुल अझै अपराजित

लिभरपुल : इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। लिभरपुलले बिहीबार राति सम्पन्न आफ्नो २०औं खेलमा सेफिल्ड युनाइटेडलाई २—० गोलले हरायो। लिग लिडर लिभरपुल प्रिमियर लिगमा वर्षभरि अपराजित रह्यो। यसबीचमा लिभरपुलले १९ जित र एक बराबरीको नतिजा निकाल्यो।

घरेलु मैदानमा खेलिएको सेफिल्डविरुद्घको खेलमा लिभरपुलले दुवै हाफमा एक÷एक गोल ग¥यो। खेल सुरु भएको चौथो मिनेटमै अनुभवी खेलाडी मोहम्मद सलाहले लिभरपुललाई अग्रता दिलाए। निर्धारित समयको ६४औं मिनेटमा साडियो मानेले टोलीको अग्रता दोब्बर बनाएका थिए।

लिभरपुल ५८ अंकसहित तालिकाको पहिलो स्थानमा छ। २१ खेलबाट ४५ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा आसीन छ। २१ खेलबाट ४४ अंक हात पारेको म्यानचेस्टर सिटी तेस्रो र समान खेलबाट ३६ अंक जोडेको चेल्सी चौथो स्थानमा छन्। पाँचौं स्थानमा आसीन म्यानचेस्टर युनाइटेडले भने २१ खेलबाट ३१ अंक बटुलेको छ।

यसैगरी २१ खेलबाट २९ अंक हात पारेको सेफिल्ड आठौं स्थानमा छ। लिभरपुलको यो लगातार १८औं जित हो। इङ्लिस प्रिमियर लिगको इतिहासमा यसअघि म्यानचेस्टर सिटीले मात्र २० खेलबाट ५८ अंक जोड्न सकेको थियो। सन् २०१७÷१८ सिजनमा म्यानचेस्टर सिटीले यस्तो सफलता हात पारेको थियो।

इङ्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार गोल गरेको यो २९औं खेल हो। यस्तो उपलब्धि हात पार्नेमा आर्सनल र म्यानचेस्टर युनाइटेड मात्र लिभरपुलभन्दा अगाडि छन्। आर्सनलले सन् २००१ र सन् २००२ को बीचमा लगातार ५५ खेलमा गोल गरेको थियो। म्यानचेस्टर युनाइटेडले भने सन् २००७ र सन् २००८ को बीचमा लगातार ३६ खेलमा गोल गरेको थियो।

इङ्लिस प्रिमियर लिगको इतिहासमा सलाह देब्रे खुट्टाले एउटै क्लबका लागि ५० भन्दा बढी गोल गर्ने चौथो खेलाडी बनेका छन्। यसअघि देब्रे खुट्टाले रोबी फोलरले लिभरपुलका लागि ८५, रायन गिग्सले म्यानचेस्टर युनाइटेडका लागि ८३ र रोविन भान पर्सीले आर्सनलका लागि ६३ गोल गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.