पन्जाबी गीतमा काइलीको डान्स
अमेरिकी मोडल काइली जेनरलाई भारतीय अभिनेता दिलजित दोसाँझको ‘क्रस’ का रूपमा लिइन्छ। मोडलिङको दुनियाँका नाम कमाएकी काइलीको इन्स्टाग्राम पोस्ट्समा दिलजित लगातार कमेन्ट गर्छन्। यस कारण उनको पोस्ट् भारतीयबीच धेरै प्रख्यात छ। गायकबाट अभिनेता बनेका दिलजितको अघिल्लो वर्ष ‘काइली प्लस करिना’ बोलको गीत रिलिज भएको थियो। यसमा काइली र करिना कपुर खानका लागि उनको प्रेमका बारेमा उल्लेख थियो।
अहिले इन्टरनेटमा काइलीको एउटा भिडियो भाइरल भइरहेको छ। यो हेरेपछि दिलजित निकै खुसी भएका छन्। भिडियोमा काइली नयाँ वर्षको पार्टीमा डान्स गरिरहेकी देखिन्छिन्। भिडियोमा उनी चर्चित पन्जाबी ट्र्याक ‘मुन्डियाँ तो बच के रही’ मा डान्स गरिरहेकी छन्। यो ट्र्याक पूरै भारतमा र दुई दशकदेखि भारतीयबीच चर्चित छ। यो गीत पहिलो पटक १९९७ मा पन्जाबी एमसीले रिलिज गरेका थिए। यो गीत पन्जाबी गायक लभ जन्जुआले आफ्नो एल्बम ‘लिगलाइज्ड’ का लागि गाएका थिए। २००२ मा जे जेडले फेरि रिलिज गरेपछि यो गीतले धेरै चर्चा पायो। यो गीत अमिताभ बच्चन, जैकी श्राफ र कैट्ररिना कैफको फिल्म ‘बुम’ मा पनि समावेश छ। २०१७ मा टाइगर श्राफ र दिशा पटानीको फिल्म बागी-२ फेरि यो गीत लिइएको थियो।
प्रतिक्रिया दिनुहोस !