भट्टेडाँडालाई ‘डार्क टुरिजम’को केन्द्र बनाउँदै बागमती गाउँपालिका
ललितपुर : सन् १९९२ को सेप्टेम्बर महिनामा दक्षिण ललितपुरको बागमती गाउँपालिकामा रहेको भट्टेडाँडामा पाकिस्तान एयर दुर्घटनामा परेको थियो।
कराँचीबाट छुटेको जहाज एक सय ५५ यात्रु तथा १२ चालक दलका सदस्यसहित काठमाडौं आउँदै थियो। त्रिभुवन विमानास्थल पुग्न ६६ किलोमिटर मात्र बाँकी छ। जहाजमा सवार कोही जीवित भेटिएनन्। उक्त दुर्घटनालाई उड्डन क्षेत्रको एउटा डरलाग्दो विपत्तिको रुपमा हेरिदै आएको छ।
यता बागमती गाउँपालिकाले पाकिस्तान एयर दुर्घटनामा परेको क्षेत्रलाई पर्यटन प्रवद्र्धनका लागि ‘डार्क टुरिजम’ को रुपमा अगाडि सारेको छ। कुनै नराम्रा दुर्घटनापछि पर्यटकीय हिसाबले नयाँ गन्तव्य बनेको क्षेत्र ‘डार्क टुरिजम’ को रुपमा चिनिदै आएको गाउँपालिकाका प्रमुख लामाले बताए।
उनका अनुसार डार्क टुरिजमबाट आर्थिक लाभ लिने थुप्रै मुलुक छन्। अमेरिकाको ट्वीन टावरमा सन् २०११ मा अलकायदाले आक्रमण गरेपछि पर्यटकका लागि नयाँ गन्तव्य बन्यो। कम्बोडीयामा एक लाख भन्दा धेरै मानिस एकैपटक मारिएका थिए। उतm ठाउँ पर्यटकीय रोजाई बन्यो। जापानको हिरोसिमामा दोस्रो विश्वयुद्धपछि पर्यटन आकर्षकको केन्द्रबिन्दु बनेको छ। लामाले भने, ’हाम्रो भट्टेडाँडामा पनि त्यसैगरी पर्यटक तान्न सकिन्छ।’
भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गतवर्ष ३५ लाख रुपैयाँ छुट्याएको थियो। यस वर्ष ४० लाख रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै प्रदेश सरकारले ५७ लाख रुपैयाँ उपलब्ध गराएको जनाए। ‘केही दिनमा एक करोड रुपैयाँ बराबरको टेण्डर निकाल्दैछौँ’, उनले भने, ‘त्यसपछि धमाधम विकासका काम अगाडि बढनेछ।’
राडार क्षेत्र पहिलादेखि नै घुम्न आउनेको गन्तव्य बनिसकेको छ। विषेशगरी पिकनिकका लागि राडार क्षेत्रले प्रसिद्धी कमाएको हो।
राडार क्षेत्रबाट काठमाडौं उपत्यकाको सुन्दर दृष्य देख्न सकिन्छ। हिमाल र तराई पनि यहीबाट नियाल्न सकिने भएकाले यो ठाउँ विषेश भएको लामाले जनाए।
सात करोड रुपैयाँको विस्तृत परियोजना निर्माण (डीपीआर) बनिसकेको जनाए। लिफ्टीगं सिस्टमबाट खानेपानी पुरयाइएको तथा सार्वजनिक शौचालय बनाइसकेको पनि बताए। उनले भने ‘भट्टेडाँडा गएर महिनाको एक चोटी बसुँबसुँ लाग्ने बनाउनेछौं।’
गाउँपालिकाको एक्लो प्रयासले यस्ता योजनाहरु सफल हुन गाह्रो हुने भएकाले संघीय सरकारबाट सहयोगको अपेक्षा राखेको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !