दर्शक बिनाको फिका लिग

दर्शक बिनाको फिका लिग

काठमाडौं : ‘मलाई प्रतिगामी वा एन्फाको विरोधी भन्लान्। तर केही छैन। राष्ट्रिय फुटबल टोली बलियो हुने आधार भनेको घरेलु लिग नै हो। लिग भए पनि यसको चाम र स्तरीयता घटेको पक्कै हो। दर्शकको शून्यताले पनि लिगलाई फिका बनाएको छ।’

यो भनाइ नेपालका लिजेन्ट फुटबलर एवं प्रशिक्षक राजुकाजी शाक्यको हो। लामो समय नेपाली फुटबलमा उल्लेख्य योगदान पुर्‍याएका शाक्यले राष्ट्रिय टोलीमा पनि लामो समय प्रशिक्षकको भूमिका निभाए। उनी अहिले काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी क्लबको प्रशिक्षक छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीको चिसो मौसमसँगै लिग फुटबलको रौनकता चुलिने महत्वाकांक्षी सोच राखेको थियो। अहिले एन्फाको सोच ठीक विपरीत देखिएको छ। लिगमा दर्शक सिलो खोज्नुपर्ने अवस्था छ। १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयार भएको दशरथ रंगशाला र आकर्षक सिट राखिएको प्यारापिटले दर्शक तान्न सकिरहेको छैन।

मंसिर २८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ क्लबले चार चरणको खेल सकेका छन्। पाँचौं चरणका खेल सोमबारदेखि सुरु हुनेछ। तर दशरथ रंगशालामा भएको मनाङ, थ्रीस्टार, आर्मी, मच्छिन्द्रजस्ता बलिया टोलीको खेलमा समेत दर्शकको उपस्थिति शून्य नै छ। अहिलेसम्म दर्शकसंख्या एक हजार काट्न सकेको छैन। दर्शक फिटिक्कै नआएपछि एन्फा लिग सञ्चालन समितिले तेस्रो चरणको खेलदेखि दर्शक तान्नका विभिन्न पुरस्कारसहित प्याकेजको घोषणा गरेको थियो।

दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा सञ्चालित लिगमा दर्शकका लागि साधारणतर्फ दुई सय र भीआईपी प्यारापिटमा पाँच सय रुपैयाँ शुल्क कायम गरिएको छ। दर्शकले ईसेवामार्फत टिकट लिन सक्ने व्यवस्था छ। एन्फाले शुल्क तिरेर आउने दर्शकलाई लक्की ड्र«मार्फत पुरस्कार प्रदान गर्न लागेको हो। पुरस्कारमा राष्ट्रिय टोलीको जर्सी, दशरथ रंगशालामा सञ्चालन हुने विश्वकप छनोट खेल हेर्ने टिकट, दुई जना भाग्यमानी दर्शकलाई नेपालको राष्ट्रिय टोलीसँग विदेश भ्रमणको अवसरलगायत उपहार राखिएको लिग सञ्चालन समितिका संयोजक सञ्जीव मि श्रले बताए। ‘पहिला लिगमा यस्तो हुन्नथ्यो।

रंगशाला राम्रो बने पनि किन दर्शक आएनन्, भनेर अचम्म लागेको छ। हामीले दर्शक तान्नकै लागि नयाँ उपाय रचेका हौं,’ मि श्र भन्छन्। एन्फाले दर्शकका लागि उपहार प्याकेज ल्याएपछि पनि दर्शक आएका छैनन्। प्यारापिटमा आउने एक दुई सय संख्याका दर्शक पनि एन्फाका आसेपासे नै बढी देखिन्छन्। मि श्रले दशरथ रंगशालामा ‘फर्ड लाइट’ को व्यवस्था भएकोले दर्शकको फुर्सदलाई मध्यनजर गरी विस्तारै साँझमा लिग सुरु गर्न सकिने पनि बताए।

प्रशिक्षक शाक्य एन्फाले लिगका लागि पर्याप्त गृहकार्य नगरेकोले पनि समस्या भएको बताउँछन्। ‘लिगका खेल सुरु भइसक्यो। क्लबहरूले खेलाडी अनुबन्ध गरेकै छैनन्। लिग हुन्छ वा हुन्न भन्ने थियो। कम्तीमा तीन महिना अघिदेखि तयारी गर्ने हो भने मैदानमा खेलाडीको प्रदर्शन राम्रो हुन्छ। राम्रो प्रदर्शनले दर्शकलाई समेत आकर्षित गर्छ,’ शाक्यले भने। लिगमा दर्शक ल्याउने काम एन्फाको नभएर क्लबहरू आफैं तात्नुपर्ने पनि शाक्यले बताए। दर्शकको गेट मनी क्लबहरूले पाउने हुँदा फ्यान आकर्षित गर्ने काम क्लबकै हो। तर हाम्रोमा को एन्फा र को क्लब छुट्ट्याउनै गाह्रो छ,’ शाक्यले भने।

एन्फाका उपाध्यक्ष एवं लिगका सहजकर्ता वीरबहादुर खड्काले लिग र क्लब फुटबललाई विकेन्द्रीकरण गर्न नसक्दा दर्शकमा निराशा छाएको बताए। ‘सधैं काठमाडौंका रैथाने क्लबको भरमा लिग हुने। क्लबहरूलाई एन्फाले भोट बैंकको रूपमा प्रयोग गर्दा अर्को निराशा छाएको छ। कतिपय अवस्थामा ‘कम्परमाइज’ गर्नुको विकल्प छैन,’ खड्का भन्छन्। भूकम्पपछि सुविधायुक्त दशरथ रंगशालामा गरिएको लिगमा समेत दर्शक नआउनुलाई एन्फाले नौलो अनुभवको रूपमा लिएको पनि खड्काले बताए। उनले आगामी संस्करणबाट क्लब र लिग फुटबललाई विकेन्द्रीकरणको ढाँचामा लैजानु पर्ने पनि बताए।

एन्फाले गत वर्ष चार वर्षपछि रेलिगेसन बिनाको लिग आयोजना गरेको थियो। यस पटक पनि एउटा मात्र क्लब रेलिगेसनमा झर्ने प्रावधानले लिगको चाम घटेको हो। एन्फाको आगामी चुनावलाई मध्यनजर गर्दै एन्फा पदाधिकारीले रेलिगेसनमा समेत झ्याल गरेको फुटबल जानकारहरूको बुझाइ छ। ६ करोड ३० लाख रुपैयाँ लगानीमा सञ्चालित लिगका लागि एन्फाले प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप २० लाख रुपैयाँ प्रदान गरेको छ। लिगका लागि क्लहरूले ८० लाखदेखि डेढ करोड लगानी गरेका छन्। लिगको विजेताले ५० लाख र उपविजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.