सांसदको प्रश्न :  सिंहदरबारमा कर्माचारी थुपार्न किन चाहियो ट्रेड युनियन  ?

सांसदको प्रश्न :  सिंहदरबारमा कर्माचारी थुपार्न किन चाहियो ट्रेड युनियन  ?

काठाडौं : नियम कानुन निर्माण सांसदले ट्रेड युनियनको आवश्यकता र औचित्यतमाथि प्रश्न  खडा गरेको छन्। दिगो विकास तथा सुशासन समितिको छलफलमा सांसदले ट्रेड युनियनको आवश्यकता र औचित्यता माथि प्रश्न गरेका हुन्। सांसद भैरवसुन्दर श्रेष्ठले भने, ‘ट्रेड युनियनकै कारण  सिंहदरबार कर्मचारी थुप्रिएको हो भने के लागि चाहियो ट्रेड युनियन ?’ 

उनले ट्रेड युनियनको विकल्प खोज्न प्रधानमन्त्री समक्ष पनि आग्रह गर्न आफूपछि नपर्ने बताए। कर्मचारीकै संघीयता धराप पर्न आँटेको आरोपसमेत उनले बताए। कर्मचारीको केन्द्रिकृत मानसिकता कारण सुशासन र दिगो विकास लक्ष्य समेत प्रभावित भएको उनको भनाइ छ। 

उनले मन्त्रालयका महाशाखा, विभाग, शाखा घटाउनु पर्ने सुझाव दिए। ‘९/९ वटा विभाग मन्त्रालयमा किन चाहियो, ४ भएपुगि हाल्छ नी,’ उनले भने। 

सांसद कालिबहादुर मल्लले संघमा आवश्यकता भन्दा बढी कर्मचारी दरबन्दी रहेको बताए।  उनले संघको दरबन्दी कटाएर स्थानीय तह र प्रदेशमा कर्मचारी पठाउन सुझाव दिए। कर्मचारीको अभाव स्थानीय तह र प्रदेशमा बजेट खर्च हुन नसकेको उनको भनाइ छ। 

समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठी नआएको भन्दै सांसदले आलोचना गरे। समिति सभापति तारादेवी भट्टलेसमेत समय निर्धारण गरेको बैठकमा मन्त्री नआएको भन्दै दुःख व्यक्त गरिन्। 

मन्त्रालय सचिव यादवप्रसाद कोइरालाले विशेष कारण मन्त्री आउन नसकेको भन्दै स्पष्टिकरण दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.