सावधान, कान कराउने समस्या बढाउँदै हेडफोन

सावधान, कान कराउने समस्या बढाउँदै हेडफोन

काठमाडौं : हेडफोन सबैको प्रिय साथी बनेको छ । एक्लो हुँदा, कुनै काम गर्दा वा लामो दुरीको यात्रा गर्दा हामी हेडफोन राख्न भुल्दैनौं । हेडफोनले धरै राम्रो मार्केट लिन सफल भएको छ । आज युवामाझ हेडफोन लोकप्रिय बनेको छ । 

यस्ता थोरै व्यक्ति भेटिन्छ, जो बिना हेडफोन आफ्नो दिनको अन्त्य गर्छन् । हेडफोनको प्रयोगले आफू वरपरका अनावश्यक आवाजबाट छुटकारा पाउन मद्धत गर्छ । थाकेको वा कुनै तनाव भएमा हेडफोन असल साथी पनि बन्न सक्छ । 

तर हेडफोन तथा अत्यधिक ध्वनीले टिनिटस (कान कराउने) वा कान नसुन्ने जस्ता समस्या निम्त्याउन सक्छ । समस्याको प्रकार भने चर्को आवाज र कति समयसम्म हेडफोन कानमा राख्ने भन्नेमा भर पर्छ । 

चिकित्सा भाषामा टिनिटस भनेको कान कराउने समस्या हो । यो आफैमा एक ठूलो समस्या बनेको छ । कानमा फोहोर जमेमा, सक्रंमण भएमा, चर्को आवाज, उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, शरीरमा रगतको कमी, धेरै समयसम्म हेडफोनको प्रयोगले कान कराउने समस्या हुने गर्छ ।

विश्व स्वास्थ्य संस्थाको रिर्पोट अनुसार विश्वको ३६० मिलियन मानिस (५ मध्य १) टिनिटसको समस्या भोगिरहेका छन् । एक रिर्पोटमा सन् २०३५ सम्म १५.६ मिलियन मानिस यो समस्याबाट ग्रस्त हुने अनुमान गरिएको छ । 

कान कराउने समस्या खासै ठूलो नभए पनि १० प्रतिशत मानिसहरु डरले अस्पताल पुग्ने गर्छन् । साधारण रुघा खोकी लाग्दा पनि कान कराउने समस्या देखा पर्न सक्छ । यो एक सातामै आफै ठीक पनि हुन्छ । चकलेट, च्विङगम चपाउने गरेमा यो समस्याबाट छुटकारा पाउन सकिन्छ । तर यो समस्या एक महिनासम्म पनि निको नभएमा अस्पताल आउन चिकित्सकहरु सल्लाह दिन्छन् । 

कतिपय व्यक्तिमा टिनिटसको समस्या आफ्नै कारणले पनि हुने गर्छ । 

–आयू सम्बन्धित श्रवण हानीः बढ्दो उमेरसँगै कान नसुन्ने र कान बज्ने समस्या हुने गर्छ । सामान्यतया यस्तो समस्या ६० वर्षको उमेरदेखि सुरु हुने गर्छ । चिकित्साशास्त्रमा यस्तो श्रवण क्षमता गुमाउनेलाई प्रिसबाइक्युसिस भनिन्छ ।

–कानेगुजीका कारण हुने अवरोधः कानेगुजीले फोक्सोमा फस्ने र ब्याक्टेरियाको वृद्धिलाई कम गर्दै कानको नहरलाई बचाउँछ । जब कानमा धेरै कानेगुजी जम्मा हुन्छ, यो स्वभाविक रुपमा एकदमै गाह्रो बन्छ । जसबाट कानको सुन्ने शक्ति हराउँछ र टिनिटस निम्त्याउँछ । 

विभिन्न रोगको औषधि अत्यधिक रुपमा प्रयोग गर्नाले पनि टिनिटस रोग लाग्न सक्छ । औषधीको खुराक जति बढी हुन्छ त्यति नै टिनिटसले सताउने सम्भावना हुन्छ । अत्यधिक एम जी को औषधी प्रयोग गर्न कम गरेमा टिनिटस बिस्तारै आफैँ हराएर जान्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.