तीन छोराछोरी छोडेर १० दिनदेखि ‘आमा’ बेपत्ता, बालबच्चाको बिचल्ली
काठमाडौं : ललितपुर भैंसेपाटीस्थित मगर गाउँमा डेरा गरेर बस्दै आएकी सन्तोषी रानामगर १० दिनदेखि बेपत्ता भएकी छन्।
नुवाकोट जिल्ला साविक महाकाली गाविस-३ हाल शिवपुरी गाउँपालिका-६ घर भएकी सन्तोषी विगत ८ वर्षदेखि तीन बालबच्चाका साथ ललितपुरमा बस्दै आएकी थिइन्। उनी पुस ११ गतेदेखि बेपत्ता भएकी हुन्।
उनका पति भरत रानामगर वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया छन्। उनी बेपत्ता भएपछि बालबच्चाको बिचल्ली भएको छ। उनका १४ वर्षका एक छोरासँगै १२ र ९ वर्षीया दुई छोरी छन्।
प्रहरीमा रिपोर्ट गरेपनि हालसम्म फेला पर्न नसकेको पति भरतले मलेसियाबाट जानकारी दिए। ‘कम्पनीले तत्काल देश नपठाएपछि म मलेसियामै छु’, श्रीमान भरतले अन्नपूर्णसँग भने, ‘म तुरुन्त आउन नक्ने हुँदा बालबच्चाको बिचल्ली भएको छ।’
सँगै उनले श्रीमतीलाई जो कसैले देखे वा फेला पारे नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस !