मृतकको भत्ता खाने सचिवविरुद्ध मुद्दा

मृतकको भत्ता खाने सचिवविरुद्ध मुद्दा

काठमाडौं : मरिसकेको व्यक्तिको भत्ता खाने तत्कालीन गाविस सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा हालेको छ। 

मृत्यु भइसकेको व्यक्तिको समाजिक सुरक्षा भत्तामा हिनामिना गर्ने पर्साको साविक जयमंगलापुर गाविसका तत्कालीन सचिव राजेन्द्र महतो नुनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर  गरिएको हो। 

सचिव महताले सरकारबाट सामाजिक सुरक्षा भत्ता शीर्षक (आंशिक अपाङ्ग, पूर्ण अपाङ्ग, औषधि खर्च, असहाय विधवा, बालबालिका तथा दलित) मा विनियोजित रकममा मृत्यु भइसकेको व्यक्तिलाई पनि रकम वितरण गरेको, किर्ते भरपाई तयार गरी व्यापक अनियमितता गरी भ्रष्टाचार गरेको  भन्ने उजूरीमा अख्तियाले अनुसन्धान गरेको थियो। 

 अनुसन्धान हुँदा आर्थिक २०७०/०७१ देखि आब २०७३/०७४ को प्रथम चौमासिकसम्मको सामाजिक सुरक्षा भत्ता शीर्षकको रकम वितरण गर्दा उक्त रकम सम्बन्धित लाभग्राहीलाई नबुझाएको र मृत्यु भइसकेको व्यक्तिको नाममा समेत भत्ता वितरण गरी बदनियतपूर्वक सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

सचिव महतोले मुत्यु भएको व्यक्तिको ५५ हजार ९ सय रुपैयाँ हिनामिना गरेको अख्तियारले दाबी छ। अख्त्तियारले  सामाजिक सुरक्षा भत्ताको सक्कल भरपाईमध्ये आव।२०७१÷०७२ को औषधि उपचार शीर्षक बाहेक अन्य भरपाई तथा आर्थिक वर्ष २०७२/०७३ को तेश्रो किस्ताको भरपाईहरु बरबुझारथ नगरी लुकाई नोक्सानसमेत गरेको पुष्टि  भएको छ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमसमेत सजायको माग दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.