गाउँ छिर्‍यो जंगली हात्ती

गाउँ छिर्‍यो जंगली हात्ती

भद्रपुर : ठूलो शरीर, बेसुरमा हिँड्छ। बाटोमा जे अगाडि छ बिगारेरै छाड्छ। एउटा दाह्रा छ। उमेर कति पुग्यो ठ्याक्कै कसैलाई थाहा छैन। उसको नाम गाउँलेले ‘अन्धो हात्ती’ राखेका छन्। अरू हात्ती प्रायः रातिको समयमा गाउँ छिर्ने गर्छन् तर अन्धो हात्ती भने जब उज्यालो हुन्छ अनि गाउँ पस्छ। ‘गाउँमा पनि जहाँ धान र चामलको गन्ध आउँछ तिनै घरतिर मोडिने गर्छ’ स्थानीय भवानी खतिवडाले भने।

अहिलेसम्म मान्छेको क्षति भने नगरेको उनी बताउँछन्। उनका अनुसार धान चामलसँगै बारीमा अन्य खेतीसमेत सखाप पार्छ। बिनामेसो हिँड्छ। ऊ आपैंm धेरै पटक घाइते भएको छ। बिजुलीको तार, घरका चेपबाट जबर्जस्ती छिर्न खोज्छ। ज्यान जोगाएर बाँच्नै मुस्किल हुने अवस्थामा छ। खतिवडाले भने, ‘हामी भर्खरका त जता पनि भाग्छौँ। बूढाबूढी र केटाकेटीलाई दिउँसो एक्लै घरमा छाडेर हिँड्न सकिँदैन।’

अरू हात्ती भगाउँदा भाग्छन् अन्धो हात्ती भने मन जितेझैँ गरी खाने कुरा खाइसकेर मात्र चलमलाउँछ। ‘अरू हात्तीजस्तो छुच्चो छैन। केटाकेटी पछि–पछि पुच्छर समात्दै जाँदा पनि हत्तपत्त वास्ता गर्दैन। कसैलाई टेर्दैन,’ अर्का स्थानीय हरिनारायण न्यौपानेले भने। आँसु चुहाएर हिँड्छ। जंगलमा त एकदमै कम बस्छ। जंगलको छेउमा घर हुनेलाई जोगिनै समस्या छ।

कहिले मानवीय त कहिले धनजनको क्षतिले स्थानीय बासिन्दा त्रसित हुँदै आएका छन्।

बुधबारेको वडा नम्बर ३ मा आदर्श नमुना सामुदायिक वन छ। उक्त वनका अध्यक्ष तिलक रिजालका अनुसार बुधबारेकोे उक्त क्षेत्रमा ५ वर्षको अवधिमा ४ जना मान्छे हात्तीले मारेको छ। खानेकुरा जंगलमा छैन। जंगलमा रुखको बोक्रा पनि उप्काएर खाने गर्छ। कलिला सालका मुना, बाँस पनि खानकै लागि फाँडेर लडाउँछ तर खाँदैन।

उसलाई जंगलमा खाना छैन। आँखा देख्दैन। अनि बिहान, बेलुका, दिउँसो जतिबेलै गाउँ छिर्छ। रिजालका अनुसार बुधबारेकोे उक्त क्षेत्रमा ५ वर्षको अवधिमा हात्तीले यति धेरै मानिस मारिसक्दा पनि कसैको ध्यानाकर्षण भएको छैन। स्थानीय हरिनारायण न्यौपाने भन्छन्, ‘पक्की घरको सटर फुटाएर समेत चामल, चोक्कर खाएको छ। जताबाट हुन्छ घरमै क्षति पुर्‍याउँछ।’

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुझेलका अनुसार गाउँपालिकाले घरमा राखेका अन्न हात्तीले खाएमा क्षतिपूर्ति दिने गरिएको छ। भत्किएका घरको पनि गाउँपालिकाले सहयोग गर्ने गरेको छ।

गाउँपालिकासँग हात्ती नै रोक्न सक्ने क्षमता छैन। जंगल नजिक भएका घरमा रातिको समयका लागि लाइट दिने गरेका छौँ। अन्धो हात्तीले धेरै दुःख दिएको छ। उसको गाउँ छिर्ने समय हुँदैन। त्यसैले पनि गाउँ असुरक्षित भएको छ। भुझेलले भने, ‘यसबारे जिल्ला डिभिजन वनमा पनि ज्ञापनपत्र बुझाइसक्यौँ तर अहिलेसम्म सुनुवाइ भएको छैन।’

जिल्ला वन डिभिजन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार उक्त हात्ती दिउँसो गाउँमा निस्कनु नै अस्वाभाविक छ। गाउँलेले हात्तीको दुवै आखाँबाट आँसु झरिराख्ने र बिनामेसो हिँड्ने हुँदा अन्धो हात्ती नाम दिएका छन्। बिरामी हुन सक्छ। उसका क्रियाकलाप अन्य हात्तीभन्दा फरक छ। ‘स्थानीय जोखिममा भएको पनि थाहा छ तर दिगो उपाय पनि केही गर्न सकिँदैन,’ उनी भन्छन्।

दुःख दिने उक्त हात्ती कोसी टप्पुसम्म लगेर छाड्दा पनि गन्ध सुँघेरै पुरानै ठाउँमा फर्कन्छन्। कोसीभन्दा अभैm टाढा लगेर छाड्ने विषयमा छलफल भइरहेको घिमिरेले बताए। उनका अनुसार अर्को उपाय भनेको रेडियो कलरिङ हो। यसबाट हात्ती कता लाग्यो। गाउँ पस्दै छ कि भन्ने थाहा हुन्छ। गाउँ छिर्ने मुखमा १÷२ जना कर्मचारी राख्न सक्दा त्यो उपायले पनि केही हदसम्म गाउँमा जथाभावी पस्नबाट रोक्न सकिन्छ। कहिले मानवीय त कहिले धनजनको क्षतिले स्थानीय बासिन्दा त्रसित हुँदै आएका छन्। जिल्ला वन कार्यालय झापाको पछिल्लो तथ्यांकअनुसार ०६९ सालयता जिल्लामा जंगली हात्तीबाट ४० मान्छे र ११ जंगली हात्तीको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.