हिमपातपछि गुल्जार रारा (फोटोफिचर)

हिमपातपछि गुल्जार रारा (फोटोफिचर)

मुगु : नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्य सूचीमा मुगुको राराताल पनि परेको छ।यतिबेला रारा हिमपातले सेताम्मे छ। हिउँले छोपिदा रारा गुल्जार भएको छ।यतिबेला राराले पर्यटकलाई निम्तो बाँडिरहेको छ।

रारा वरपर २ फिटसम्म हिउँ जमेको छ । रारा वरिपरिका रूख विरुवा पनि हिउँले छोपिएका छन्। हिउँले पर्यटकलाई झन् उत्साहित बनाएको रारा घुम्न आएका भएका पर्यटक विवेक तामाङले बताए ।

मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्ती दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त मानिन्छ।यतिबेला राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटकसम्म रूप बदल्ने गर्दछ।यही रूपमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका छन्।

रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा पाइन्छन्। कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तुले राराको महत्त्व झनै बढाएको छ।

मुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको राराताल ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइसम्म फैलिएको छ। हिमपातसँगै चिसो अत्यधिक बढेपछि मुगुको जनजीवन कष्टकर बनेको छ । तर पर्यटक भने चिसो र हिमपातको प्रवाह नगरी रारा पुग्न थालेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.