डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव

डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा  चिकित्सक नहुँदा बिरामी मार्कामा परेका छन् । चिसोसँगै अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ।अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामी मारमा परेका छन्।

 
१९ जना विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीलगायत गरी १०९ जना कर्मचारीको दरबन्दी स्वीकृत रहेको छ। स्वास्थ्य मन्त्रालयले केही दिनअघि मात्रै तीनजना स्थायी र ११ जना करार गरी १४ जना चिकित्सक डडेल्धुरा अस्पतालमा पठाएको जानकारी दिएको थियो।तर अस्पतालमा एकजना मात्र अस्थायी चिकित्सक छन्।

तीनजना विषेशज्ञ चिकित्सकको ठाउँमा अहिले एकजना मात्रै रहेको अस्पतालका निमित्त मेडिकल सुपेरीटेनडेण्ट डा. जगदिश चन्द्र बिष्टले बताए।  एकजना चिकित्सक प्रदेशतर्फबाट बाजुरामा काज मिलाएर गएका छन् भने एकजना सुत्केरी बिदामा रहेको उनले बताए । 

डडेल्धुरा अस्पतालमा स्वास्थ्य मन्त्रालयले १४ जना चिकित्सक पठाएको जानकारी त दियो तर अस्पतालमा भने दुईजना मात्रै पुगेका छन्। मन्त्रालयले पठाएका १४ जना चिकित्सक मध्ये सातजना अध्ययन बिदामा रहँदा डडेल्धुरा अस्पताल चिकित्सक विहीन बनेको हो । 

दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा डडेल्धुरा अस्पतालले प्रदान गर्ने सेवा प्रवाह गर्न सकेको छैन । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा उपचार सेवा दिन नसकेको मेसु बिष्टले बताए । 

कर्मचारी समोजनपछि डडेल्धुरा अस्पताल झनै लथालिङ्ग बनेको छ । अहिले निमित्त मेसुका रुपमा बैतडी जिल्ला अस्पताल बाट समायोजन भई डडेल्धुरा अस्पतालमा आएका डा. बिष्ट स्त्री रोग विषेशज्ञ  हुन्। उनी अस्पतालमा आएपछि शल्यक्रिया मार्फत सुत्केरीलगायत स्त्री रोगको उपचार सेवा सूचारु गरिएको छ ।

बन्द भएको भिडियो एक्सरे सेवा सञ्चालनमा आएको मेसु विष्टले जानकारी दिए।बालबालिकाका हकमा एनआइसीयु सेवा पनि सञ्चालनमा रहेको उनले बताए ।  अस्पतालमा अहिले दन्त सेवा पनि सञ्चालनमा छ ।घोषणा कागजमा मात्रै सिमित रहेको भन्दै नागरिक समाज डडेल्धुराले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउन जिल्ला प्रशासनमार्फत ज्ञापनपत्र समेत बुझाएको छ।

उपकरण र विशेषज्ञ चिकित्सक अभाव हुँदा जटिल रोगको उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने वाध्यता रहेको डडेल्धुरा नागरिक समाजका अध्यक्ष रमेश जोशीले बताए । डडेल्धुरा अस्पताल विगत दुईवर्षदेखि अस्पताल विकास समितिविहीन छ ।डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका नागरिकले सेवा प्रदान गर्नेगरी संघीय सरकारको माथहतमा रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.