चीनको सबैभन्दा ठूलो उपग्रह 'डी एच एफ ४' नक्षत्रमा

चीनको सबैभन्दा ठूलो उपग्रह 'डी एच एफ ४'  नक्षत्रमा

चीनको सबैभन्दा ठूलो उपग्रह ‘सिजियन २०’ आइतबार भू–सिङक्रोनस नक्षत्रमा आफ्नो निश्चित स्थानमा पुगेको छ। 'चीन इयरस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेसन'का अनुसार ‘डोङफाङहोङ–५’ (डी एफ एच–५) उपग्रह प्लेटफर्मको पहिलो सफल उडान हो।

सिजन २० उपग्रह प्लेटफर्मको लागि पहिलो पहिलो प्रमाणीकरण उपग्रह हो। यसलाई चीनको नँया पुस्ताको ठूलो भू–सिङक्रोनस नक्षत्रको उपग्रह प्लेटफर्म मानिएको छ। 

सिजन २० उपग्रहका मुख्य डीजाइनर लि फिङले हालै उपग्रहले नक्षत्र स्थानतरण पूरा गर्दै ‘डी एच एफ ५’ उपग्रह प्लेटफर्मको प्रमुख प्रविधिहरु प्रमाणीकरण गरेको बताएका छन्। यसले विभिन्न मोड्युल्स, सञ्चार माध्यम, रिमोट सेन्स तथा उपग्रहको प्रयोग कसरी गर्ने भन्न्ने विषयमा जोड दिएको छ।

‘डी एफ ३’ र ‘डी एफ ४’ उपग्रह प्लेटफर्मको तुलनामा 'डी एच एफ ५' उपग्रह प्लेटफर्ममा थुप्रै नँया परिवर्तनहरु छन्। नँया उर्जा, वजन तथा शक्तिका साथ यसलाई तयार गरिएको छ। जसले आगामी २० वर्षमा प्रयोग हुने बढी परिमाणको उपग्रहको निश्चित काम पुरा गर्न सक्छ।

'सिजन २० उपग्रहका प्रमुख प्रतिनिधि डीजाइनर पि सेङवीका अनुसार डी एच एफ ३ प्लेटफर्मले अन्तर्राष्ट्रिय प्रविधिहरुको अनुसरण गर्छ भने डी एच एफ ४ प्लेटफर्मले अन्तर्राष्ट्रिय प्रविधि अनुसरण गर्नुका साथै अन्तर्राष्ट्रिय प्रविधिसँगै केही स्थानमा आफ्नो सफलता हात पारेको छ। यसको मतलब हामी केही प्रविधिहरुमा अरुसँग समान स्तरमा पुगेका छौं', उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.