गुठीयारले मागे विधेयकको सक्कली ‘ड्राफ्ट’

गुठीयारले मागे विधेयकको सक्कली ‘ड्राफ्ट’

काठमाडौं : गुठीयारले ‘गुठी’ काठमाडौं सभ्यता भएको भन्दै खेलबाड नगर्न खबरदारी गरेका छन्। गुठीको भावना र मर्मविपरीत विधेयक आएका कारण विरोधमा उत्रनुपरेको उनीहरूको भनाइ छ। उनीहरूले नयाँ गुठी विधेयकको सक्कली मस्यौदा (ड्राफ्ट) माग गरेका छन्। गुठीयारले औपचारिकताका लागि मात्रै छलफल र बैठक नगर्नसमेत खबरदारी गरेका छन्। असार ४ गतेको आन्दोलनबाट सरकारले आत्मसात् गरेर ल्याउन लागेको गुठी विधेयकको ड्राफ्ट पहिलो छलफलमै प्रस्तुत गर्नुपर्ने उनीहरूको माग छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपत्यकाका गुठीयारसँग गुठी विधेयकको सम्बन्ध गरेको छलफलमा संस्कृति र सभ्यतालाई बिगार्ने गरी नयाँ विधेयक आए स्विकार्य नहुने गुठीयारले बताए। राष्ट्रिय पहिचान संघर्ष समितिका अध्यक्ष गणपतिलाल    श्रेष्ठले औपचारिकताका लागि छलफल र बैठक गर्नुको औचित्य नरहेको बताए।

‘गुठीसम्बन्धी कानुन आवश्यक रहेको र त्यससम्बन्धी कानुन बनाउन सहयोग गरिने बताए। ‘तर जसका निम्ति कानुन बनाउन लागेको हो ती समुदायको मर्म समेटिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि पहिला ड्राफ उपलब्ध गराइयोस्।’ उनले गुठीको अस्तित्व, पहिचानमा तलमाथि भएमा अन्तिम आन्दोलन गर्नुको विकल्प नरहेको बताए। असार ४ सम्म त भद्र अवज्ञा मात्रै गरेका हौं, अब तलमाथि भयो भने त अन्तिम आन्दोलन गर्छौं।’ उनले राष्ट्रिय गुठी सम्मेलन गरेर गुठीयारको आधिकारिक धारणा बाहिर ल्याउने पनि बताए।

गुठी विधेयक विरुद्धको संयुक्त संघर्ष समितिका संयोजक डा. महेशमान शाक्यले नेपालमण्डल र वरिपरिका आदिवासी नेवारको प्रचलित प्रथाजन्य संस्था गुठी भएको बताए। उनले गुठीलाई स्वायत्तता दिनुपर्नेमा जोड दिए।। ज्यापु महागुठी नेपालका अध्यक्ष राजभाई जकमीले उपत्यकाको गुठीको छुट्टै भावना रहेकाले त्यसलाई स्वायत्तता दिनुपर्ने बताए। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गुठीयारकै पक्षमा मन्तव्य व्यक्त गरेका थिए। उनले काठमाडौं उपत्यकाका नेवार समुदायसँग जोडिएको प्रथा, परम्परा, संस्कृतिसँग जोडिएको गुठी संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने बताए।

। संस्कृतिसँग जोडिएको गुठी र जग्गाको विशेषतालाई फरक ढंगले सम्बोधन गरिनुपर्ने उनको भनाइ छ। ‘नेवारको संस्कृति र जग्गाको प्रकृति फरक छ। उपत्यकालाई संस्कृतिसँग जोडेर हेरिनुपर्छ’, मन्त्री मानन्धरले भने। काठमाडौं उपत्यकाका गुठीलाई अन्य गुठीभन्दा फरक ढंगले सम्बोधन गरिनुपर्ने, स्वायत्तता दिनुपर्ने, गुठी संस्थान परिमार्जन गरिनुपर्ने उनले बताए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृति, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फी रूपमा आएपछि प्राधिकरण अगाडि बढाइएको बताइन्। उनले उपत्यका र बाहिरको गुठीको प्रकृति फरक रहेको जानकारी दिइन्। भनिन्, ‘देशभर फरक-फरक प्रकृतिका गुठी छन्। एउटै विधिले सबै गुठीको समस्या समाधान हुन सक्दैन।’ उनले गुठीको मर्म, भावनालाई संरक्षण गर्नका निम्ति प्राधिकरण अगाडि सारेको बताइन्।

धर्म, संस्कृति, प्रथा, परम्परासम्बन्धी गुठी, जग्गासम्बन्धी गुठीको व्यवस्थापन कसरी गर्ने तथा अतिक्रमणमा परेका जग्गाको संरक्षण कसरी गर्ने भन्ने कुरा फरक-फरक ढंगले हेरिनुपर्ने उनको भनाइ छ। उपत्यकाकै प्रमुख स्थानका बहुमूल्य जग्गा अतिक्रमण भइरहेको बताउँदै मन्त्री अर्यालले त्यसको छानबिन भइरहेको जानकारी गराएकी छन्। गुठीयारले एकीकृत आन्दोलनका तर्फबाट मन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.