छाउगोठ खोज्दै प्रहरी

छाउगोठ खोज्दै प्रहरी

अछाम : जिल्लामा छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका १० स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ ।प्रहरीले छाउपडी गोठ भए नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुस महिनाको १३ दिनको अवधिमा ११ सय ५२ गोठ भत्काइएका छन् । गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी प्रमुख दिपक भारतीले बताए । 

उनले भने, 'प्रहरी अहिले आफै छाउपडी गोठ खोज्दै हिँडेको छ ,स्थानीय,जनप्रतिनिधि,प्रहरीको उपस्थितिमा जनचेतना फैलाउने कामसँगै गोठ भत्काउने काम भइरहेको छ ।प्रहरीले अहिले गोप्य सूचना लिने र त्यसको अनुगमन गरिरहेकोको छ। यसमा स्थानीयको साथ पाएका छौं।'

'गोठ भत्काउने मात्र होइन, छाउपडी कुप्रथासम्बन्धी बनेको कानुन र हुने कारवाहीका विषयमा पनि जानकारी दिन जरुरी छ,' उनले भने।छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्नका लागि स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी भारतीले बताए । 

इलाका प्रहरी कार्यालय साँफेबगरले छाउपडी गोठ भत्काए पछिको अवस्थाका बारेमा अनुगमन गरिरहेको प्रहरी निरीक्षक नरपति भट्ट्ले बताए ।उनले भने, 'गोठ भत्काएको ठाउँमा त्रिपाल हालेर बसे नबसेको बारेमा अनुगमन गरेका छौं । यस अनुगमनमा प्रहरी,जनप्रतिनिधि,राजनीतिक दल र मिडियाको उपस्थितिले प्रभावकारी हुने देखिन्छ।'

अछामलाई फागुन महिनाभित्र छाउपडी गोठ मुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीब्र पारिएको छ ।जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मुलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएका छन्।

फागुन मसान्तभित्र जिल्लालाई छाउगोठ मुक्त घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए ।उनले भने, 'माघ मसान्तभित्र स्थानीय तहका ९१ वडाका छाउगोठ भत्काउने, र फागुन १५ गते भित्र पालिका घोषणा गर्ने तय भएको छ ।'

छाउपडी गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट बञ्‍चित मात्र नभएर कानुनअनुसार कारवाही गरिने साँफेबगर नगरपालिका मेयर कुलबहादुर कुवँरले बताए । उनले भने, 'छाउपडी कुप्रथाले समग्र जिल्लाको शीर निहुरिने गरेको छ, हालसम्म नगरका ४ सयभन्दा बढी गोठ भत्काएका छौं, कतिपय वडा गोठमुक्त भइसकेका छन् भने केहि हुने क्रममा छन्।'

गाउँपालिकाका प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम भइरहेको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले बताए । उनले भने, 'अहिले प्रत्येक टोल, गाउँमा प्रहरीसँगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गरिरहेका छौं।' यसअघि छाउपडी गोठमुक्त घोषणा भएका साबिकका केही गाविस हालका वडा फेरी घोषणा हुने भएका छन् ।

साँफेबगर नगरपालिका ३ की २१ वर्षीया पार्वती बुढा रावतको मंसिर १६ गते छाउपडी गोठमा ज्यान गएपछि गोठ भत्काउने अभियान सुरु भएको हो । जिल्लामा एक दशकयता १४ जना किशोरी तथा महिलाको छाउपडी गोठमा ज्यान गइसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.