धावनमार्गको क्षमता निर्धारण नहुँदा समस्या

धावनमार्गको क्षमता निर्धारण नहुँदा समस्या

काठमाडौं : श्री एयरलान्सले करिब एक महिना अघि जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो। नियमित उडानको योजनाअनुसार दुवै विमानस्थलमा श्रीले क्यू ४०० नामका ८० सिट क्षमतका जहाजमार्फत सफल परीक्षण उडान त भयो तर अहिलेसम्म प्राधिकरणले यो वायुसेवालाई ती गन्तव्यमा उडान अनुमति दिएको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवे र ट्याक्सी वेको क्षमता निर्धारण अर्थात् पेभिमेन्ट क्लासिफिकेसन नम्बर (पीसीएन) नदिएका कारण यी दुई विमानस्थलमा श्रीले उडान गर्न पाएको छैन। पीसीएन निर्धारणमा प्राधिकरणले गरेको ढिलाइकै कारण जनकपुर र सिमरामा श्रीले परीक्षण उडान गरेर पनि नियमित उडान गर्न पाएको छैन। श्रीका जहाजले उडान अनुमति पाउने अवस्था रहेको र छिट्टै अनुमति दिने भनाइ प्राधिकरणको भए पनि पीसीएन नम्बरकै बहानामा अनुमति रोकिएको उल्लेख छ।

‘प्राधिरणसँग पीसीएन परीक्षण गर्ने मेसिन छ तर दक्ष जनशक्ति छैन। प्राधिकरणकै कमजोरीले आन्तरिक विमानस्थलको पीसीएन निधारण हुन सकेको छैन’, स्रोतले भन्यो। जतिबेला आवश्यक पर्‍यो उति बेला खोजी हुने र समयमा नै काम नहुँदा जहाज कम्पनीले उडान गर्न चाहँदा पनि नपाएको उल्लेख छ।

प्राधिकरणका अनुसार पीसीएन मापन गर्ने प्रविधि छ तर यसका लागि दक्ष जनशक्ति तयार पारिएको छैन। यस्तो जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्था छ। प्राधिरकणले भने जहाज भित्र्याउँदै यस्तो प्राविधिक विषयलाई ख्याल गर्नुपर्ने हुन्छ। भित्रिएका जहाजलाई परीक्षण गर्न दिँदा पनि जनशक्ति र प्रविधि तयार गरेर मात्रै दिनुपर्ने वा पहिल्यै क्षमता बनाउनुपर्ने हुन्छ। वायुसेवा कम्पनीले जहाज भित्र्याइसकेपछि र परीक्षण उडानसमेत गरिसकेपछि उडान अनुमति दिन ढिलाइ गर्नुले नियामक निकायमाथि नै प्रश्न उठेकोे छ।

सिमरा र जनकपुरमा श्रीले भित्र्याएका क्यू ४०० नामका जहाजबाट सहजै उडान तथा अवतरण गर्न सकिने प्राधिकरणकै भनाइ छ। प्राधिकरणका एरोड्रम इन्जिनियरिङ विभागका इजिननियर नलबिक्रम थापाका अनुसार विमानस्थलको पीसीएन निर्धारण गरेर मात्रै जहाज पढाउनुपर्छ। यो विमानस्थलको पीसीएन निधारण गर्ने र सीआरजे ७०० क्षमताका जहाजलाई अवतरण गराउने विषयमा प्राधिरकणले तयारी गरिरहेको छ। उनका अनुसार अहिले आन्तरिक उडानमा प्रयोग भइरहेको एटीआर ७२ सम्मका जहाजका लागि विमानस्थल उपयुक्त रहेको छ। श्रीले उडान गर्ने खोजेको ८० सिट क्षमताको क्यू ४०० जहाज पनि जान सक्छ। यसका लागि पीसीएन निर्धारण गरेर मात्रै जानुपर्ने भनाइ थापाको छ।

उनका अनुसार यो विमानस्थल निर्माण हुँदा र धानवमार्ग बनाउँदा ठूला क्षमताका जहाज नेपाल भित्रिएका थिएनन्। विमानस्थल बनेको दशक भइसकेपछि ठूला क्षमतका जहाजले उडान गर्न खोजको भने दुईतीन वर्ष मात्रै भएको छ। आवश्यकता अनुसार क्षमता बढाउँदै जाने भएकाले सोहीअनुसार तयारी हुँदै जाने पनि थापाको भनाइ छ।

प्राधिकरणले दिएको जानकारीअनुसार विमानस्थल तयारी अवस्थामा छ। जहाज उडान गर्न पनि सक्छ। तर, पीसीएन मापन गर्न सकिने भए पनि यसका लागि दक्ष जनशक्ति नभएका कारण परीक्षण उडान गर्न दिइसकेपछि पनि उडान अनुमति दिन नसकिएको उल्लेख छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार पीसीएन धेरैवटा विमानस्थलमा छैन। आवश्यकता अनुसार मापन गर्ने र पीसीएन निकाल्ने गरिन्छ। अहिले सिमरा र जनकपुरमा श्रीले उडान गर्न चाहेकोले यी दुवैको पीसीएन निर्धारण भएको छ। यी दुई विमानस्थलमा श्रीले एक/दुई दिनमै उडान अनुमति पाउने जानकारी पनि प्रवक्ता क्षेत्रीले दिए।

श्री एयरलाइन्सले भने पीसीएन नभएकै कारण प्राधिरणले उडान अनुमति दिन ढिलाइ गरेको जानकारी दिएको छ। श्रीले पछिल्लो समय भित्र्याइएको आन्तरिक उडानको क्यू ४०० जहाज आन्तरिक उडानकै सबैभन्दा ठूलो क्षमताको हो। यसले एकैपटकमा ८० जनासम्म बोक्न सक्छ। हाल आन्तरिक उडानमा प्रयोग भइरहेको एटीआर ७२ नामका जहाजको क्षमता ७२ जना मात्रै हो। जहाजको क्षमता बढी भएले यात्रु सेवाका दृष्टिले यसबाट उडान गर्नु उचित हुने ठम्याई श्रीको छ। श्रीले यी दुवै विमानस्थलमा दैनिक २/२ वटा उडान गर्ने तयारी गरेको छ। श्रीसँग भएका दुईवटा क्यू ४०० बाट हाल विराटनगर, नेपालगन्ज र धनगढीमा दैनिक १/१ उडान गर्दै आएको छ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने आन्तरिक विमानस्थलको क्षमता विस्तारको काम आवश्यकता अनुसार अगाडि बढिरहेको मंगलबार सम्पन्न प्राधिकरणको वार्षिकोत्सवम समारोहमा दिएको एक मन्तव्यमार्फत उल्लेख गरका छन्। उनका अनुसार ठूला र साना आन्तरिक विमानस्थलाई वर्गीकरण गरेर धमाधम क्षमता विस्तारको काम भइरहेको छ।

प्राधिकरणले ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाएरै विस्तार भइरहेको छ भने साना आन्तरिक विमानस्थलको पनि क्षमता विस्तारको काम गरिरहेको उल्लेख छ। नेपालमा निर्माण सम्पन्न भएका ५५ वटा विमानस्थलमध्ये धावनमार्ग कालोपत्रे भएका विमानस्थलको संख्या ३४ पुगेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.