अटो दुर्घटनामा एकको मृत्यु, ३ घाइते

अटो दुर्घटनामा एकको मृत्यु, ३ घाइते

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १० मा बुधबार अटो दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार अन्य तीनजना घाईते भएका छन्। 

    
गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएकी त्रिनपा ७ की २० वर्षीया सीमा दनुवारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा टाउकोमा चोट लागि गम्भीर घाइते भएकी सोही ठाउँका २० वर्षीया मन्दिरा बस्नेतलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताए। 

अन्य घाइते सोही ठाउँका ६० वर्षीय गोविन्द कार्की र ३७ वर्षीया मन्जु दनुवार सामान्य उपचारपछि घर फर्किएका छन्। 
    
प्रहरीले अटो र चालक त्रिनपा ४ का २८ वर्षीय हेमबहादुर बिकलाई नियन्त्रणमा लिएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.