विश्‍वकै सबैभन्दा अग्लो होटेल

विश्‍वकै सबैभन्दा अग्लो होटेल

सन् २०१८ मा दुबईको ३५६ मिटर (१,१६८ फिट) गिभोरा होटेल विश्वकै अग्लो हाटेलको रुपमा गिनीज वर्ल्ड रेर्कडले प्रमाणित गरेको थियो।  अहिले द फ्रस्ट गु्रप दुबईका अनुसार सिल टावर ३६०.४ मिटरको छ । र ८२ तलाको यो भवनमा १२०९ लक्जरी सुइटको व्यवस्था गरिएको छ ।

सिसाले सजिएको यो भवनको उचा‍इबाट ३६० डिग्रीको आर्कषक दृश्य अवलोकन गर्न सकिन्छ । साथै ग्राहकले समुन्द्री दृष्य र पाम जमेराह (मानव निर्मित टापु) सहित प्रतिष्ठित स्थानको मजा लिन सक्ने द प्रस्ट ग्रुपले बताएको छ।

डिसेम्बरमा भएको इन्टरनेसनल प्रोपर्टी अर्वाडमा सिल टावरको डिजाइनले तीनवटा पुरस्कार जितेको थियो । ती पुरस्कार सर्वश्रेष्ठ अन्तराष्ट्रिय होटल आर्किटेक्चर, सर्वश्रेष्ठ होटल आर्किटेक्चर अरेबिया र सर्वश्रेष्ठ उच्च वृद्धि आर्किटेक्चर अरेबिया हुन् । 

यसका साथै होटेलमा स्पा र अन्य व्यापार सुविधाको व्यवस्था पनि गरिएको छ । सन् २०१६ मा दुबईको मरिनमा यसको निर्माण सुरु गरिएको थियो । विश्वको सबैभन्दा अग्लो टावरको सूचीमा सिल टावर प्रसिद्ध भवन बन्न सफल हुने बताइएको छ । 

एजेन्सी
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.