विप्लवका जिल्ला सदस्य पक्राउ
परासी : नेत्र विक्रम चन्द (विप्लव) समूहका पश्चिम नवलपरासी जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । बर्दघाट नगरपालिका ४ बस्ने २६ वर्षीय सापकोटालाई सरावल गाउँपालिकाको तिलकपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी विरेन्द्र थापाले जानकारी दिए ।
उनीमाथि दुईवटा घटनामा अभियोग लगाई सांगठनिक अपराध मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए । सापकोटामाथि २०७५ फागुन २९ गते तिलकपुरको बासाबसहीमा रोकिराखेका २ ट्रक र २०७६ साउन १६ गते बर्दघाटको धनेवास्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा मुद्दा लगाइएको छ ।