भ्रष्टाचारसम्बन्धी पुस्तक सार्वजनिक

भ्रष्टाचारसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं : नेपालमा व्यापक भ्रष्टाचार र  भ्रष्टाचारको विरोधलाई समेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागका सहायक प्राध्यापक दिपेश घिमिरेले संयुक्तरुपमा लेखेको खोजमुलक पुस्तक सार्वजनिक भएको छ।

पुस्तकमा भ्रष्टाचारलाई सैद्धान्तिककरण गर्ने पहिलो खुट्किलोको रुपमा लिन सकिने लेखेकद्वयले बताएका छन्। यस पुस्तकमा भ्रष्टाचारका विविध पक्षसित सम्बन्धित १० वटा निबन्धात्मक अध्याय छन् । जसमा संस्था, समाज, राजनीति, विपत, दण्डहिनता र चासोबीचको द्वन्द्व इत्यादिका कारण हुने भ्रष्टाचारबारे विवेचना गरिएको छ। 

सांग्रिला बुक्सबाट प्रकाशन गरिएको उक्त पुस्तकमा मुलुकमा भ्रष्टाचार नियन्त्रणमा थुप्रै प्रयास भएको तर दुर्भाग्यवश ती प्रयासहरु पर्याप्त हुन नसकेको बारे पनि चिरफार गरिएको छ।

संघीय शासन व्यवस्थाले प्रदेश र स्थानीय सरकारलाई शक्ति प्रत्यायोजन गरे सँगै भ्रष्टाचार पनि सँगसँगै ती निकायमा मौलाएको देखिन्छ। यो घातक छ र यसको समयमै नियन्त्रण हुन नसके देशको विकास कसरी अवरुद्ध हुनसक्छ भनेर यस पुस्तकमा विश्लेषण गरिएको छ।

यस पुस्तकले नेपाली संस्करणको भ्रष्टाचारबारे एक झलक प्रस्तुत गरेको हुँदा यस विषयमा रुचि भएका अध्येता, प्राध्यापनमा संलग्न र अन्य जो कोहिलाई पनि यसले दिशानिर्देशको काम गर्नसक्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.