प्रदेश ३ : नाम र राजधानीको प्रस्ताव शनिबार प्रदेशसभामा दर्ता हुने

प्रदेश ३ : नाम र राजधानीको प्रस्ताव शनिबार प्रदेशसभामा दर्ता हुने

हेटौंडा : शनिबार प्रदेश ३ को स्थायी राजधानी र नामको प्रस्ताव प्रदेशसभामा दर्ता हुने भएको छ। शनिबार  बिहान ९ देखि ११ बजेसम्म प्रदशको स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले समय तोकेको हो। 

शुक्रबार प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेको हो। 

शनिबारै दर्ता भएको स्थायी राजधानी र नामको प्रस्तावमाथि छलफल हुने सभामुख सानुकुमार श्रेष्ठले बताए। बैठकको अन्त्यमा सभामुखले प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाउन मतदानको मिति र समय घोषणा गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। आइतबार स्थायी राजधानी र नाम टुङ्गो लगाउन मतदान गर्ने प्रदेशसभा सचिवालयको तयारी छ। 

प्रस्ताव निर्णयार्थ पेश भएपछि प्रदेशसभा सदस्यहरुले बर्णानुक्रम अनुसार हुन्छ र हुँदैन भन्ने दुई लाइनमा दस्तखत सहितको मत बिभाजनपछि मत परिणाम घोषणा हुने सभामुख श्रेष्ठले बताए। राजधानी टुङ्गो लागेपछि सोही बिधिद्वारा नाम टुङ्गो लगाइने उनले जानकारी दिए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.