प्रदेश ३ को राजधानी हेटौंडा बनाउन कांग्रेसले ह्‍वीप जारी गर्दै

प्रदेश ३ को राजधानी हेटौंडा बनाउन कांग्रेसले ह्‍वीप जारी गर्दै

हेटौंडा : प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाउन नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ हेटौंडामा बसेको दलको बैठकले स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने र प्रदेशसभाबाट पारित गर्न ह्वीप लगाउने निर्णय गरेको संसदीय दलका नेता ईन्द्र बानियाँले बताए ।

‘हामीले हेटौंडा प्रदेशको राजधानी र नाम बागमती बनाउने सर्वसम्मत निर्णय गरेका छौँ, निर्णय प्रक्रियाको क्रममा प्रदेशसभामा हामी मतदान गर्दा हाम्रा सदस्यहरुलाई ह्वीप लगाउँछौँ’, उनले भने । नेपाली कांग्रेसको ३ नम्बर प्रदेशसभामा २२ जना प्रदेशसभा सदस्य छन् ।

मुख्मन्त्री निवासमा सर्वदलीय बैठक सुरु

भोलि शनिबार प्रदेश ३ को नाम र राजधानीबारे एउटै प्रस्ताव लैजान मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा छलफल सुरु भएको छ ।

बैठकमा नेकपा प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री पौडेल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्र बानियाँ, नेकपा नेता शालिकराम जम्कट्टेल, दीपक निरौला, नेमकिपाका सुरेन्द्रराज गोसाँई, विवेकशील साझाका रमेश पौडेल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.