स्वास्थ्यकर्मी नहुँदा उपचार ठप्प

स्वास्थ्यकर्मी नहुँदा उपचार ठप्प

जाजरकोट : जाजरकोट अस्पताल स्वास्थ्यकर्मीविहीन हुन थालेको छ। ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा २३ जना मात्र कार्यरत छन्। ४२ जना स्वास्थ्यकर्मीको पद रिक्त भएपछि उपचार सेवा ठप्पजस्तै भएको छ।

सात जना विशेषज्ञ सहितका चिकित्सकको दरबन्दीको व्यवस्था गरेर ५० शड्ढयाको अस्पताल बनाइए पनि करारका केही चिकित्सकबाहेक दरबन्दीका स्वास्थ्यकर्मी छैनन्। दरबन्दीअनुसार स्वास्थ्यकर्मी, औषधि, आवश्यक पूर्वाधार र उपकरण अभावमा सामान्य उपचारका लागि पनि बिरामी जिल्लाबाहिर जानुपर्ने बाध्यता छ।

अस्पतालमा करारमा कार्यरत डा. औसरसिंह राठौर अस्पतालको अवस्था देखेर दिक्क लागेको बताउँछन्। उनी भन्छन्, ‘न दरबन्दीअनुसार स्वास्थ्यकर्मी छन्, न आवश्यक उपकरण र औषधि नै छ। यस्तो अवस्थामा कसरी काम गर्ने ? ’ बिरामीलाई भरपर्दो उपचार सेवा दिन नसकिएको उनी स्विकार्छन्। अस्पतालमा एक जना एमडी गरेका सर्जन मात्र हुँदा पनि सानो खालका अप्रेसन गर्न सकिन्छ।

तर, भर्खर एमबिबिएस गरेर इन्टर्नसिप गर्न आएका चिकित्सकबाट उपचार गराउनुपर्ने अवस्था रहेको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन्। अस्पतालको पूर्वाधार विकास र जनशक्ति आपूर्तिका लागि बारम्बार पहल गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ। सरकारले ०७२ सालमा १५ बाट ५० शड्ढयामा स्तरोन्नति गरेको जाजरकोट अस्पताल जनशक्ति र उपकरण अभावले थला परेको छ।

‘अस्पताल आफैं बिरामीजस्तै छ, रोगी जनताको उपचार कसरी हुन्छ ? ’ स्थानीय दीपक खनालले भने, ‘स्वास्थ्य चौकीले दिने सेवाजति पनि अस्पतालमा पाइँदैन।’ अस्पतालमा कार्यरत अति न्यून संख्याका स्वास्थ्यकर्मी पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञान अभावले सामान्य चेकजाँच गरेर औषधि दिने र रेफर गर्नेबाहेक सेवा प्रवाह हुन नसकेको खनालको गुनासो छ। उनले अस्पतालमा औषधिको पनि अभाव भएको र स्वास्थ्यकर्मी नहुँदा उपचार सेवा प्रभावित भएको बताए।

जाजरकोट अस्पतालका मेडिकल अधिकृत डा. भूपेन्द्रप्रकाश मल्लले अस्पताल व्यवस्थापनको जिम्मा लिएकाहरूको चरम लापरबाही र कमजोरीका कारण अस्पतालको अवस्था नाजुक बन्दै गएको बताए। काम गर्ने स्वास्थ्यकर्मीलाई समयमै तलब दिने, ओभरटाइम भत्ता दिने तथा अन्य व्यवस्थापकीय काम अस्पताल व्यवस्थापनले गर्न नसकेका कारण हाल उपलब्ध जनशक्तिको पनि सही प्रयोग हुन नसकेको उनको भनाइ छ। अस्पतालमा स्वास्थ्य बिमाको औषधि सकिएको, अन्य औषधि आपूर्ति नभएको तथा फार्मेसीको औषधि बिक्री–वितरणको उचित व्यवस्थापन नहँुदा पनि यसतर्फ व्यवस्थापनले ध्यान नदिएको उनले गुनासो गरे।

दरबन्दीअनुसार स्वास्थ्यकर्मी, औषधि, आवश्यक पूर्वाधार अभावमा सामान्य उपचारका लागि पनि बिरामी जिल्लाबाहिर जानुपर्ने बाध्यता छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.