मोटरसाइकल दुर्घटनामा भीमेश्वर नगरपालिकाका प्राविधिकको मृत्यु

मोटरसाइकल दुर्घटनामा भीमेश्वर नगरपालिकाका प्राविधिकको मृत्यु

दोलखा : भीमेश्वर नगरपालिका-१, सुष्पाक्षमावतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान भीमेश्वर नगरपालिकाका सब-ओेभरसियर

२८ वर्षीय मदन थामीको मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।

बिहान पौने १ बजे क्षमावतीबाट कुथलीतर्फ आउँदै गरेको प्रदेश नं.३ ०२-००३ प ७१३३ नम्बरको मोटरसाइकल अचानक सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

टाउकोमा गम्भीर चोट लागेको थामीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा करिब २ बजे मृत्यु भएको  प्रहरी निरीक्षक बोहराले बताए। मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.