प्रदेश ३ : नाम वागमती, राजधानीका लागि दुई प्रस्ताव

प्रदेश ३ : नाम वागमती, राजधानीका लागि दुई प्रस्ताव

हेटौंडा :  ३ नम्बर प्रदेशको नाम र स्थायी राजधानीका लागि पस्ताव दर्ता भएको छ । शनिबार प्रदेशको नामका लागि एक र प्रदेश राजधानीका लागि दुई प्रस्ताव दर्ता भएका हुन् । शनिबार बिहान ९ देखि ११ बजेसम्म प्रदशको स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले समय तोकेकोे थियो। 

प्रदेशको नाम वागमती राख्नेमा सबै दलका सांसद सहमत भएका छन् । प्रदेश ३ को नाम वाग्मती राखियोस भनी नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बाँनियाले गरेको प्रस्तावका समर्थकमा नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझाका रमेश पौडेल र शोभा शाक्य रहेका छन् । उक्त नाममा नेमकिपाको पनि समर्थन गरेको छ। 

त्यसैगरी प्रदेश राजधानीका लागि भने दुईवटा प्रस्ताव दर्ता भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा राजधानी बनाइयोस भनी प्रस्ताव दर्ता गरेका छन्  भने विवेकशील साझाका सांसद रमेश पौडेलले धुलिखेल राजधानी बनाउन प्रस्ताव दर्ता गरेका छन्। 

 डोरमणिको प्रस्तावमा इन्द्रबहादुर बाँनिया, रिता माझी र रिना गुरुङको समर्थन छ भने रमेशको प्रस्तावमा सांसद शोभा शाक्य र विराजभक्त महर्जन समर्थक रहेका छन् ।

 बलियो दुईतिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम बागमती बनाउन एकमत भएका छन्। राजधानीलाई लिएर नेकपाका प्रदेश सांसदहरूमा तीव्र मतभेद थियो। 

पार्टी केन्द्रको लबिङ र तीब्र दबावपछि आइतबार बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले हेटौंडालाई प्रदेश राजधानी बनाउन सहमति जुटाएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.