म्याराथनको उपाधि रिमाल र कोजुलाई

म्याराथनको उपाधि रिमाल र कोजुलाई

रुपन्देही : बुटवलमा शनिबार भएको म्याराथनको उपाधि पुरुषतर्फ हरिकुमार रिमाल र महिलातर्फ कान्छीमाया कोजुले हात पारेका छन्। राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेना मध्य पश्चिम पृतना बुटवलको आयोजनामा भएको ‘भिक्ट्री म्याराथन एण्ड युनिटी रन’ अन्तर्गत ४२ किलोमिटर दौड नेपाली सेनाका हरिकुमार रिमालले २ घण्टा ३१ मिनेट ३७ सेकेन्डमा पुरा गरेका हुन्। बिजेता रिमाल र कोजुले एक एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। दोस्रो हुने महिला र पुरुष धावकले जनही ५० हजार रुपैयाँ र तृतीय हुनेले २५ हजार रुपैयाँ प्राप्त गरे। 

पुरुष तर्फ सेनाकै राजन रोकाया दोस्रो र कल्याण राई तेस्रो भए। राजनले २ घण्टा ३२ मिनेट र कल्याणले २ घण्टा ३७ मिनेटमा निर्धारित दुरी पार गरे। त्यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले २ घण्टा ५६ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरिन। दोस्रो हुने नेपाली सेनाकी सरिता बासीले ३ घण्टा १२ मिनेट ५७ सेकेण्ड र सशस्त्रकी कृष्णेश्वरी सिन्तकलाले ३ घण्टा ३२ मिनेटमा  निर्धारित दुरी पुरा गरे।

बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको ४२ किलोमिटरको दौड तिलोत्तमाको शंकर नगर, मणीग्राम हुँदै ६ लेन सडकबाट भैरहवा पुगी सोही बाटो बुटवल फर्किएर जितगढी किल्ला आएर पुरा भएको थियो। कुहिरो लागेको र सितलहर चलेको रुपन्देहीमा म्याराथनमा उत्साहजनक सहभागीता रहेको थियो।

हाप म्याराथन अन्तर्गत २१ किलोमिटरमा पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राइले र महिला तर्फ सेनाकै विश्वरुपा बुढाले उपाधि जिते। राइले १ घण्टा १२ मिनेटमा दौड पुरा गरेका हुन्। हाफ म्याराथनमा पुरुष तर्फ सेनाकै रामजी बस्नेत दोस्रो र मिलन कार्की तेस्रो भए। महिलातर्फ प्रथम भएकी विश्वरुपा बुढाले १ घण्टा २६ मिनेटमा निर्धारित दुरी पुरा गरिन। महिलातर्फ सेनाकै पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र नेपाल प्रहरीकी रेखा विष्ट तेस्रो भइन्। १० किलोमिटरमा पुरुषमा सेनाका शिव रायमाझी र महिलातर्फ पनि सेनाकै सानुमायाँ कार्की विजयी भए।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पुरस्कार प्रदान गरेका थिए। पुरस्कार प्रदान गर्दै म्याराथन प्रतियोगिता राष्ट्रिय भावनालाई जागृत गराउने अवसर भएको बताए। ‘हामी नेपालको गौरबपूर्ण इतिहासलाई संरक्षण गर्नु चाहन्छौं। यहि ठाउँमा जसले विदेशी आक्रमणकारीहरुलाई पराजित गर्नुभयो’ उनले भने ‘उजिरसिंह नेतृत्वको नेपाली फैजलाई सम्मान गर्न चहान्छौं’ बुटवलको जितगढी २ सय वर्ष अघि उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई पराजित गरेको ठाउँ हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.