नेकपाका मन्त्रीसँग पत्रकारले खाए सपथ

नेकपाका मन्त्रीसँग पत्रकारले खाए सपथ

परासी : प्रेस संगठन नेपालमा आवद्ध पश्चिम नवलपरासीका पत्रकारले मन्त्रीसँग सपथ खाएका छन् । साविक प्रेस चौतारी र प्रेस सेन्टरबीच भएको एकतापछि गठन भएको प्रेस संगठनका पत्रकारलाई परासीमा आयोजित एक कार्यक्रममा प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री एंव सरकारका प्रवक्ता बैजनाथ चौधरीले सपथ खुवाएका हुन् । 

मन्त्री चौधरी नेकपा प्रदेश ५ का सहइन्चार्ज एंव पश्चिम नवलपरासीका जिल्ला इन्चार्जसमेत हुन् । 

जिल्लामा प्रेस संगठनको १९ सदस्यीय समिति छ । दुई संगठनको भागबन्डाअनुसार पश्चिम जिल्लामा साविक प्रेस सेन्टरले संयोजकसहित ८ सदस्य र प्रेस चौतारीले सहसंयोजकसहित ११ सदस्य पाएको छ । नव गठित समितिमा आवद्ध पत्रकारको भेला गरेर प्रदेश मन्त्री चौधरीले १७ जना जिल्ला सदस्यलाई सपथ खुवाएका हुन् । 

वेनीमाधव बस्याल संयोजक र मोहन पौडेल सहसंयोजक रहेको जिल्ला समितिका सदस्यहरुले मन्त्रीसँग सपथ खाएका हुन् । सपथ खाँदा पत्रकारहरुले पार्टी कार्यकर्ता सरह मुठ्ठी उठाएर अभिवादन गरेका थिए । 

केही दिनअघि प्रेस संगठनका जिल्ला संयोजक र सहसंयोजकहरुलाई नेकपाका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौंमा सपथ खुवाएका थिए ।

सपथ कार्यक्रमा मन्त्री चौधरीले पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउँदै त्यसतर्फ सरकारले योजना बनाएर काम गर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.