‘प्रतिघर एक किमि सडक’

‘प्रतिघर एक किमि सडक’

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाकाले प्रतिघर एक किलोमिटर सडक पुगेको दाबी गरेको छ। नगरप्रमुख रामेश्वर श्रेष्ठका अनुसार २५ देखि ३० घरका लागि एक किमि सडक बन्नुपर्ने हुन्छ। तर, उनले नगरमा प्रतिघर एक किमिको हिसाबले सडक पुगेको बताए। भौगोलिक विकटताका कारण धेरै सडक बनाउनुपरेको गुनासो गरे। ‘बस्ती छरिएका छन् डाँडामाथि एउटा घर बनाएको हुन्छ। सडक पुर्‍याउनै पर्‍यो’, श्रेष्ठका अनुसार महालक्ष्मी नगरपालिकामा करिब ३० हजार घरधुरी छन्।

प्रतिघर एक किमि हिसाबले सडक पुगेको दाबी गरे पनि अहिलेसम्म महालक्ष्मीका मुख्य सडक बन्न सकेका छन्। उनले यो वर्ष करिब अर्ब रुपैयाँ बराबरको सडक बनाउने जमर्को गरेको समेत बताएका हुन्। स्थानीय तहमा भ्रमण वर्षलाई लक्ष्य गरेर विभिन्न कार्यक्रम भइरहेका छन्। महालक्ष्मीले दिगो विकास तथा आर्थिक लाभका लागि अर्ब रुपैयाँ सडकमा खर्च गर्ने लक्ष्य बनाएको हो। उक्त बजेट केन्द्र र प्रदेश सरकार तथा योजना आयोगसँग माग गरेको जानकारी दिए।

आफ्ना क्षेत्रको सडक कालोपत्रे गर्न केन्द्रीय सरकारबाट ७ करोड रुपैयाँ पाइसकेको बताए। ‘प्रदेश र योजना आयोगसँग अर्ब रुपैयाँ माग गरेको छु’   श्रेष्ठले भने, ‘मानेदोभानसम्म सजिलो बाटो पुर्‍याउन प्रयासरत छु।’ सिंगल लेन मात्र भए पनि यो वर्ष काम हुने दाबी उनको छ।

‘महालक्ष्मीलाई सरकारले वास्ता गरेन’

सरकारले महालक्ष्मी नगरपालिकालाई खासै वास्ता नगरेको गुनासो नगरप्रमुख श्रेष्ठको छ। पर्यटन प्रवद्र्धनका लागि अब चाँडै उनले २.५ किलोमिटर फुटट्रेल निर्माणको शुभारम्भ गर्ने तयारीमा रहेको बताए। लाँकुरीभञ्याङलाई पर्यटकको गन्तव्य बनाउन चाहेका छन्। हाइकिङ रुट निर्माण, साइकल लेन बनिरहेको बताए। लाँकुरीभञ्याङबाट सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य हेर्न मिल्ने उनको भनाइ छ।

तर, पूर्वाधार निर्माण अझै बाँकी रहेको उनले स्विकारे। ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका थुप्रै सम्पदा, मठमन्दिर भए पनि महालक्ष्मी पछाडि परेको छ। उनका अनुसार धार्मिक महŒव बोकेको सिंह ऋषिको गुफा र भगवान् रामचन्द्रको जन्मका लागि बाघ गुप्तवास बसेको ठाउँ पनि यहीँ छ। तीन हजार वर्ष पुरानो महालक्ष्मी मन्दिर, बालकुमारी, सिद्धि विनायक, बाघभैरवलगायत मठमन्दिरलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताए।

महालक्ष्मीका विभिन्न चाडपर्व र जात्रा ओझेलमा परेका छन्। यहाँ परम्परागत बाजागाजा तथा जात्रा पर्व स्थानीयले सञ्चालन गरिरहेका छन्। लुभु, सानागाउँलगायत ठाउँलाई सम्पदा बस्ती भने पनि यहाँका विकास र प्रवद्र्धन चित्तबुझ्दो नभएको उनले गुनासो गरे। उनले भने, ‘महालक्ष्मीको विकास तथा प्रवद्र्धनका लागि केन्द्रीय र प्रदेश सरकारको सहयोगको खाँचो छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.