सैनिक आवासीयलाई हराउँदै महेन्द्रको जित

सैनिक आवासीयलाई हराउँदै महेन्द्रको जित

भक्तपुर : धरानको महेन्द्र बहुमुखी क्याम्पसले भक्तपुरमा भएको त्रिभुवन विश्वविद्यालय बीबीए कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सोमबार भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत भएको फाइनलमा भक्तपुरको सैनिक आवासीय महाविद्यालयलाई टाईब्रेकरमा ५-३ गोलले हराउँदै उपाधि जितेको हो। उपाधिसँगै महेन्द्र बहुमुखी क्याम्पसले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता सैनिकले ३५ हजार रुपैयाँ नगद पाएको छ।

९० मिनेटको निर्धारित खेल एक/एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत खेलको नतिजा निकालिएको हो। जसमा सैनिकले पहिलो पेनाल्टी प्रहार गर्न आएका करण श्रेष्ठ गोल गर्न असफल भएपछि सैनिक उपाधिबाट वञ्चित हुन परेको हो। सैनिकको पहिलो पेनाल्टी प्रहार रोकेका महेन्द्र बहुमुखीका गोलरक्षक रोहित न्यौपाने उत्कृष्ट गोलरक्षक बन्न सफल भए। त्यस्तै महेन्द्रकै सन्दीप गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा पदमबहादुर विष्ट उत्कृष्ट मिडफिल्डर घोषित भए।

सैनिकका नविन थापा उत्कृष्ट डिफेन्डर र औसत थापा उत्कृष्ट स्ट्राइकरले पुरस्कृत भए। सर्वाधिक गोलकर्तामा पिपल्स क्याम्पसका धीरज केसी बने। उनले प्रतियोगिताभर १० गोल गरेका छन्। अनुशासित टीमको पुरस्कार भने के एण्ड के कलेजले हात पारे।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीए कक्षा सञ्चालन गर्ने देशभरका २३ कलेजहरुको सहभागिता रहेको प्रतियोगिताका विजेता र उपविजेता कलेज तथा उत्कृष्ट खेलाडीहरुलाई भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख डा. कृष्णप्रसाद पोखरेलले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको नियमानुसार जसले उपाधि जित्छ सोही क्याम्पसले प्रतियोगिताको आयोजना गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.