सुविधा माग्दा अवकास पत्र !

सुविधा माग्दा अवकास पत्र !

विराटनगर : काम गरेबापत पाउने सेवा सुविधाको रकम माग्दा विराटनगरको एक उद्योगले उद्योगमा कार्यरत सुपरभाइजरलाई अवकास पत्र दिएको पीडितले गुनासो गरेका छन्।

श्रम ऐनअनुसार सेवा सुविधाका लागि श्रम कार्यालय विराटनगरले दिएको फैसलाअनुसार रकम माग्दा २५ वर्षदेखि सुपरभाइजरमा कार्यरत खुशियानन्द ढुंगेललाई सुनसरीको दुहवीस्थित मैनावती स्टिल इन्डस्ट्रिज प्रालिले अवकास पत्र दिएको हो।

२०५२ सालदेखि सो उद्योगमा कार्यरक्त ढुंगेललाई श्रम कार्यालयमा उद्योगविरुद्ध उजुरी दिएको भन्दै उद्योगले २०७६ पुस २७ गतेदेखि अवकास दिएको पीडितको भनाइ छ।

ढुंगेलले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर सो उद्योगलाई श्रम कार्यालयले श्रम गरेबापत पाउने सुविधाको रकम (सञ्चयकोष, उपदान, ग्रेड, बोनसबापतको १० लाख ९७ हजार ४ सय ८१ रकम दिने भनेर वार्ता गराएपछि उद्योगले उद्योगमा प्रवेश निषेध गरेर अवकास पत्र दिएको सुनाए।

श्रम कार्यालयका अधिकृत सविता दाहालको उपस्थितिमा भएको त्रिपक्षीय वार्ताले सञ्चयकोष, उपदान, ग्रेड, बोनसबापतको १० लाख ९७ हजार ४ सय ८१ रकम दिनुको साथै पुनः काम सुरु गरेको दिनदेखि श्रम ऐनअनुसार सेवा सुविधा दिनु पर्ने सहमति भएको थियो। तर, उद्योगले सहमति भएपछि उल्टै दुःख दिने गरेको उनले बताए।

४८ वर्षीय ढुंगेलले पत्रकार सम्मेलनमा भने, ‘ श्रम ऐन २०७४ ले श्रमिकलाई दिएको सुविधा माग्दा जागिर नै गुमाउनु परेको छ।’ श्रम कार्यालयले गरेको फैसलापछि अवकास पत्रनै पाएका उनले भने, ‘अब हामी कहाँ जाने ? ’ कुनै मजदुर संगठनले समेत चासो नदिएको बताउँदै उनले नियमअनुसार मजदुर माथि हुने गरेको शोषणको अन्त गर्नुपर्ने अवाज उठाउँदा विभिन्न आरोपमा गरी खाने माध्यम नै बन्द भएको बताए। २५ वर्षसम्म काम गर्दा कहिले पनि बिदा नदिएको उद्योगले घरमा तीन जना बिरामी हुँदा उद्योगका जीएम भारतीय नागरिक दुर्गाप्रसाद सिंहसँग आग्रह गर्दासमेत बिदा नदिएको सुनाए। मैनावती स्टिलले बिजुली पोल, टेलिफोनका पोल, कालो पाइप, जीआई पाइप, झोलुंगे पुलका सामान निर्माण गर्दै आएको छ।

उद्योगका जीएमसँगै डाइरेक्टर त्रिलोकचन्द्र अग्रवाल र प्रशासकीय अधिकृत गोकुल सुवेदीले काँटा गर्दासमेत झुठो विवरण लेख्न दवाव दिँदै काम गराउने गरेको उनले बताए। भुठो विवरण उल्लेख नगर्ने भन्दा दिनदेखि नै आफूलाई दुःख दिने गरेको उनको भनाइ छ। उनले आधा जीवन उद्योगमा बिताएकाले पुनः रोजगारसमेत दिनुपर्ने माग गरे। यस विषयमा कम्पनीका डाइरेक्टर त्रिलोकचन्द्र अग्रवालसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.