हिन्दू र मुस्लिम मिलेर बनाए मन्दिर

हिन्दू र मुस्लिम मिलेर बनाए मन्दिर

विराटनगर : एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई धार्मिक काममा सहयोग कमै गर्छन् । धर्म निरपेक्ष राष्ट्र घोषणा भए पनि समाजमा धर्मले धार्मिक कुरामा असर गरिरहेकै छ । तर, मोरङको विराटनगर महानगरपालिका ६ मा भने फरक दृष्य देखिएको छ । यो स्थानमा निर्माण भइरहेको शिव मन्दिरमा मुस्लिम समुदायका संस्थाले भरपूर सहयोग गरिरहेका छन् ।

जातियतासँगै धार्मिक एकताको सन्देश दिन र एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई पनि सहयोग गर्नुपर्छ भन्ने कुरा आगामी पुस्तालाई सिकाउन यस्तो कार्यको सुरुआत गरेको मुस्लिम समुदायको संस्थाका प्रतिनिधि बताउँछन् । अहिले विराटनगर महानगरपालिका ६ मा निर्माण भइरहेको रामेश्वर शिव मन्दिरमा मुस्लिम समुदायको संस्था नेपाल डेभ्लपमेन्ट सोसाइटीले मोटर कलसँगै पानीट्यांकी निर्माण गरेर मन्दिर निर्माण समितिलाई हस्तान्तरण गरेको छ । सोसाइटीका मोरङ संयोजक डा. सरिफ आलमले धर्मकै कारण सामाजिक विचलन नहोस् भन्ने उद्देश्य र ज्ञान बाँड्न आफ्नो संस्थाको अग्रसरतामा सहयोग गरेको बताए । उनीहरूको काममा ६ नम्बर वडाध्यक्ष विजय कामतले पनि साथ दिएका थिए ।

‘सामाजिक कार्यमा र धार्मिक सहिष्णुता कायम राख्न साथ दिएको हुँ, नेपाललाई परिवर्तन गर्नुपर्छ भने तल्लो तहबाटै गर्नुपर्छ’, अध्यक्ष कामतले भने । आठ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सो मन्दिर डेढ दसकदेखि निर्माणाधीन छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनपछि वडाध्यक्षको पहलमा महेन्द्र भण्डारीको अध्यक्षतामा २९ सदस्य निर्माण समिति बनाएर मन्दिर निर्माणको काम अघि बढेको छ । सहयोगी संस्था सोसाइटीले शिक्षासँगै विपन्न वर्गलाई आत्मनिर्भर बनाउनेजस्ता समाजिक काम पनि गर्दै आएको छ ।

फोटो क्याप्सन ः विराटनगर ६ स्थित रामपुरमा निर्माणाधीन रामेश्वर शिव मन्दिरमा सोसाइटीले निर्माण खानेपानी र ट्यांकी देखाउँदै वडाध्यक्ष विजय कामत । तस्बिर ः जीतेन्द्रनारायण ठाकुर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.