सिटी बसपार्क विवाद : सञ्चालनमा नहुँदै तोडफोड

सिटी बसपार्क विवाद : सञ्चालनमा नहुँदै तोडफोड

सुर्खेत : सञ्चालनमा नआउँदै वीरेन्द्रनगर सिटी बसपार्कमा विवाद चुलिइएको छ। निर्माण सम्पन्न भएको ९ महिनासम्म पनि सञ्चालनमा आउन नसकेको बसपार्कमा अज्ञात समूहले सोमबार राति ताडफोड गरेको छ। तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

वीरेन्द्रनगर–६ का लोमन थापा र वडा नम्बर १० का सुरेश बोगटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत भरत शाहले जानकारी दिए। एक जना भने फरार छन्। उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

बसपार्क तोडफोड गरिएको सूचना पाएपछि मध्यराति नै प्रहरी घटनास्थल पुगेको थियो। ‘तोडफोडकर्ता मदिरा खाएर खुट्टा टेक्ने अवस्थामा थिएनन्,’ अनुसन्धान अधिकृत शाहले भने, ‘पूर्व योजनासहित उनीहरूले बसपार्कमा रहेका संरचनामा क्षति पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

प्रहरीले घटनामा पक्राउ परेका संलग्नलाई मंगलबार अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको छ। तोडफोडबाट भएको क्षति उनीहरूबाटै असुली गर्ने तयारी छ। तोडफोडबाट बसपार्कमा रहेको टिकट काउन्टर भवनको मुख्य ढोकासहित आधा दर्जन झ्यालको सिसामा क्षति पुगेको वीरेन्द्रनगर नगरपालिकाका नगर नियमनकर्ता टंकप्रसाद आचार्यले बताए।

उनकानुसार तोडफोडबाट झण्डै तीन लाखको क्षति भएको छ। नगरपालिकाले तोडफोड गर्नेविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ। बसपार्कमा पुगेको क्षति उनीहरूबाटै असुलको माग गरिएको आचार्यले बताए। प्रहरीले तोडफोड गर्ने योजना व्यवसायीहरूबाट भएको हुनसक्ने आशंका गरेको छ।

नगरपालिकाले बसपार्क सञ्चालनका लागि निजी कम्पनी आह्वान गरेपछि व्यवसायी र नगरपालिकाबीच विवाद बढेको छ। पुरानो बसपार्कमा व्यवसाय गर्दै आएका व्यापारीहरूले सम्झौता तोडेर निजी कम्पनीलाई दिन खोजेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। जिल्ला अदालत सुर्खेतले तत्काल बसपार्क सञ्चालन नगर्न रोक लगाएको छ।

बसपार्क सञ्चालनमा नगरपालिकाले बोलपत्र आह्वान गरेपछि व्यवसायी अदालत पुगेका थिए। पुरानो बसपार्क हुँदा व्यवसाय गरेर बसेकाहरूलाई पाखा लगाउन खोजिएको भन्दै ५४ व्यवसायीले उच्च अदालत सुर्खेतमा पुस १३ गते मुद्दा दर्ता गरेका थिए। दुवै पक्षको सहमतिपछि अदालतले तत्काल बसपार्क व्यवस्थापनको काम अघि नबढाउन नगरपालिकाका नाममा आदेश जारी गरेको छ।

प्रदेशको एक मात्र व्यवस्थित बसपार्क भए पनि सञ्चालनमा नआउँदा अहिले पनि सडकममा सवारी पार्किङ गर्ने गरिएको छ। लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई नयाँ बसपार्क बनाएपछि प्राथमिकतामा राख्ने सहमति भए पनि हाल निजी कम्पनीलाई जिम्मेवारी दिन लागेपछि विरोधमा उत्रिएका हुन्।

पुराना व्यवसायीले नगरप्रमुख देवकुमार सुवेदी र प्रशासकीय अधिकृत टीकाराम ढकाललाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए। ३ असार, २०६८ मा नगरपालिका र व्यवसायीबीच साविकको पुरानो बसपार्कमा व्यवसाय गरेकालाई सिटी बसपार्क निर्माण गरेपछि व्यवसाय गर्न दिने सहमति भएको थियो। हाल नगरपालिकाले निजी कम्पनीमार्फत नयाँ बोलपत्र आह्वान गरेपछि व्यवसायी र नगरपालिकाबीच विवाद चर्किएको हो।

नगरपालिकाले भने स्थानीय व्यवसायीहरूकै योजनामा तोडफोड भएको हुनसक्ने आशंका गरेको छ। गत २०७५ दसैंसम्म सञ्चालनमा आउने नगरपालिकाले बताएको थियो तर निर्माणमा ढिकाइ भएका कारण हालसम्म सञ्चालन हुन सकेको छैन। १५ महिनामा सम्पन्न गर्ने भनी ६ करोड ४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.