अवैध उत्खननले द्वन्द्व

अवैध उत्खननले द्वन्द्व

इलाम : वन तस्करीका लागि निकै चर्चामा रहेको इलामको चुरे क्षेत्रको प्राकृतिक स्रोतमा इलाम र झापाका किसानको द्वन्द्व सुरु भएको छ। इलामको रोङ गाउँपालिकाले ढुंगा, गिट्टी, बालुवा उत्खननमा रोक लगाए पनि उत्खनन नरोकिएपछि झापमा सिँचाइका लागि लगिएको सिद्धि नहर रोङ–६ का स्थानीयले बन्द गराएका छन्।

दसैँ अघिदेखि नै दुई स्थानीय तहमा चुरे दोहनको समस्या समाधानका लागि प्रयास भए पनि मेची नगरले चासो नदिँदा स्थानीयले नहर बन्द गरेको रोङ– ६ का वडाध्यक्ष मनिकुमार तामाङले बताए। उनले भने, ‘बन्द गर्नु गलत हो तर रोङमा चुरे दोहनले थप विपत्ति ल्याउने खतरा बढेको छ।’

दसैँअघि मेची नगरका ४ वटा ट्र्याक्टर सलकपुर प्रहरीले पक्राउ गरेपछि इलामको रोङ गाउँपालिका र झापाको मेचीनगर नगरपालिकाबीच चुरे क्षेत्रमा गिट्टी बालुवा ढुंगा उत्खनन तत्काललाई बन्द गर्ने, वृक्षरोपणलगायत कार्यक्रम सञ्चालन गर्ने सहमति भएको थियो। वार्तापछि पक्राउ परेका ट्र्याक्टर लिएर फर्केका मेची नगरका जनप्रतिनिधि नफर्केको वडाध्यक्ष तामाङले बताए।

स्थानीयले झापाका तस्करले वनरक्षक र प्रहरीमाथि समेत दबाब दिने गरेको गुनासो गरे। उनीहरूले मेची नगर–१ र २ को ट्याक्सी व्यवसायी तस्करीमा संलग्न रहेको बताए। चुरे दोहन रोक्न रोङ–६ मा गठन भएको संघर्ष समितिका संयोजक निर्मल स्याङ्बोले दिगो रूपमा मुहान संरक्षणका लागि सिद्धि नहरको गेट बन्द गरेको बताए। मेची नगरले देवीगञ्ज पात्ले खण्ड को ‘आइइइ’ बनाएपछि ठेक्का लगाएको छ। त्यो आइइइ रिपोर्ट देखाएर इलामको रोङ क्षेत्रमा तस्करी हुने गरेको संयोजक स्याङ्बोले बताए।

संघर्ष समितिले सिँचाइ नहर बन्द गरेपछि रोङ–६ को वडा कार्यालय र रोङ गाउँ पालिकालाई सूचना दिएको छ। समितिका संयोजक स्याङ्बोले दुई निकायले वार्ता गरेर चुरे दोहन नगर्ने वातावरण बनाएपछि नहर खोल्ने बताए।

मेची नगरले भने समस्या समाधानका लागि चासो नदेखाएको वडाध्यक्ष तामाङले बताए। उनले भने, ‘पानी खोलिदिनुप¥यो मात्र भन्ने प्रस्ताव आएको छ, दिगो समाधान नभएसम्म पानी खोल्ने अवस्था छैन।’

उनले संरक्षणको उपायसहित बस्दा समस्या समाधान हुने बताए। सिद्धिखोला सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष नीलकण्ठ तिवारीले चुरे दोहनले नहरलाई समेत असर गरेको बताए। समस्या समाधानका लागि पहल गर्न झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पनि आफ्नो कार्यक्षत्रमा नपर्ने भन्दै इलामका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाइदिएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.