राम्रो काम
रमेश सानैदेखि चकचके स्वभावको थियो। उसको चालचलन राम्रो थिएन। पढ्नमा पनि ऊ साहै्र नै अल्छी गथ्र्याे। उसको बुवा खेती गर्नुहुन्थ्यो। आमाचाहिँ घर नजिकैको विद्यालयमा पढाउन जानुहुन्थ्यो। आमाले पढाउने विद्यालयमा नै ऊ आमासँगै पढ्न जाने गथ्र्यो।
कहिलेकाहीँ उसलाई बिदाको दिनमा साथीहरूसँग घुम्न जान मन लाग्थ्यो। साथीहरूसँग घुम्न जाने भनेर उसले आमासँग पैसा पनि माग्ने गथ्र्यो। कहिलेकाहीँ रमेशकी आमा आफैले उसलाई पैसा दिएर साथीहरूसँग घुम्न पठाउने गर्नुहुन्थ्यो।
एकपटक साथीहरूसँग आफ्नो गाउँको जंगलतिर उसलाई घुम्न जान मन लाग्यो। जंगलमा घुम्न जान लाग्दा उसको साथी कपिलले तिमीसँग कति पैसा छ भनेर रमेशलाई सोध्यो। रमेशले मसँग एक सय रुपैयाँ मात्रै छ भन्यो। आफूसँग कत्ति पनि पैसा छैन भनेर कपिलले यस्तो भन्यो, ‘ रमेश तिमीसँग भएको पैसाले चुरोट र चुइँगम किनेर हामी आजको दिन जंगलतिर गएर मजा गरौं है।’ साथीलाई सम्झाउँदै रमेशले भन्यो,‘चुइँगमचाहिँ किन्छु म, चुरोट त किन्दिनँ। चुरोट खानु राम्रो हुँदैन नि, तिमीलाई थाहा छैन र ? ’
‘चुरोट खान नहुने भए पसलमा बेच्न किन राखेको त रमेश’, उसको साथी कपिलले भन्यो। खै किन राख्यो मलाई थाहा छैन भन्दै रमेशले जवाफ दियो। ‘चुरोट खायो भने हामीलाई साह्रैै आनन्द आउँछ नि। त्यसैले चुरोट बेच्न राखेको त्यति पनि तिमीलाई थाहा छैन ? ’ कपिलले भन्यो। ‘तिमी चुइँगम मात्रै खाने हो भने तिमीलाई चुइँगम किन, मलाई चुरोट किन। म त चुरोट नै खान्छु आनन्द लिनका लागि’, कपिलले फेरि भन्यो। कपिलको कुरा मानेर उसले चुइँगम र चुरोट दुवै घर नजिकैको पसलमा किन्न गयो। पसलेले रमेशलाई चिनेर सोध्यो, ‘चुरोट कसलाई खान मन लाग्यो नि ? ’ उसले स्कुलमा सँगै पढ्ने साथीको लागि किन्न आएको साहुजीलाई बतायो।
तिमीसँग पढ्ने साथीलाई खान मन लागेको भए म तिमीलाई चुरोट बेच्न सक्दिनँ भनेर पसलेले भन्यो र उसलाई चुइँगम मात्रै दियो। चुइँगम किनिसकेपछि साथीसँग ऊ जंगलतिर घुम्न गयो। जंगलमा पुगेपछि जंगलमा फलेका कटुस, ओखर, बयर टिपेर उनीहरू दुवैजनाले खाँदै गफ गर्न थाले। गफ गर्दै जाँदा ‘खै तिमीले किनेको चुरोट निकाल न त रमेश’ भनेर कपिलले भन्यो। कपिलले त्यसो भनेपछि पसले साहुजीले चुइँगममात्रै रमेशले दिएका बताए। उनले भने, ‘तिमीहरू जस्तो भर्खरै स्कुल पढ्दै गरेका सानो मान्छेले खाने चिज होेइन भनेर साहुजीले चुरोट दिनु नै भएन।’
‘मेरो घरमा बुवालाई खान मन लागेर किन्न आएको चुरोट भन्नु पथ्र्यो नि तिमीले पसलको साहुजीलाई’, कपिलले भन्यो। ‘मेरो घरमा बुवाआमा पनि चुरोट खानु हँुदैन नि’, रमेशले भन्यो। ‘मेरो घरमा आज बुवालाई भेट्न आउनुभएको अंकललाई चुरोट खान मन लागेर किन्न आएको भनेको भए हुन्थ्यो नि त’, कपिलले फेरि अर्को उपाय बतायो। कपिलले त्यसो भनेपछि ‘मलाई फटाहा कुरा गर्न कत्ति पनि मन लाग्दैन, मैले आजसम्म कसैलाई ढाँट्न सकेको छैन। ढाँटेर केही फाइदा पनि छैन, तिमीलाई त्यति पनि थाहा छैन’ भन्दै रमेशले हकार्यो।
‘तिमीले गर्दा मलाई हिजोआज घरमा बसेर पढ्न मन पनि लाग्दैन। तिम्रो संगतले गर्दा पढ्न साह्रै अल्छी लाग्छ। अबदेखि म तिमीसँग संगत गर्न छाड्छु है’, रमेशले भन्यो।
रमेशले त्यसो भनेपछि कपिलले आँखाबाट आँसु झार्यो र आफ्नो व्यवहारप्रति पश्चात्ताप गर्यो। ‘अबदेखि म पनि धेरै पढ्न थाल्छु। साथीसँग मिलेर धेरै पढ्यो भने पछि गएर हाम्रो भविष्य राम्रो हुन्छ, हामीले दुःख भोग्नु पर्दैन’, कपिलले भन्यो। उनीहरू जंगलबाट घर फर्केपछि मेहनत गरेर पढ्न थाले। कपिल र रमेशका बुवाआमा पनि साह्रै खुसी हुनुभयो। आफ्ना बिग्रन लागेका छोराहरू पढ्न थालेपछि दुवै परिवारमा खुसी छायो। त्यस दिनदेखि उनीहरू एकले नजानेको कुरा अर्कासँग सोध्ने गरेर राम्रोसँग पढ्न थाले। राम्ररी पढ्दै गएर डिग्री पास भए। डिग्री पास भएपछि कपिलले राम्रै बैंकमा जागिर पाए र रमेशले क्याम्पसमा पढाउन थाले। यसरी उनीहरूको भविष्य राम्रो हुन गयो।