सेताम्मे हिउँमाथि थकाली संस्कृति

सेताम्मे हिउँमाथि थकाली संस्कृति

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा दुई साताअघि परेको हिमपातले डाँडाकाँडा सेताम्मे बने। हिउँ परेसँगै मुस्ताङको घरपझोङ गाउँपालिका-५, ठिनीका युवकयुवती हिउँ खेल्न बस्ती नजिकैको पाखोमा पुगे।

मुस्ताङमा हिउँ पर्नु अस्वाभाविक होइन तर हिउँ पर्दा स्थानीयवासीको उत्साह बेग्लै हुने गर्छ। घरपझोङ-५, ठिनीका युवकयुवतीले फरक तरिकाले हिउँको आनन्द लिए। झन्डै एक सय घरधुरी रहेको ठिनी गाउँमा अधिकांश थकाली समुदायको बस्ती छ भने केही गैरथकाली समुदाय छन्। उनीहरूले थकाली कला संस्कृतिलाई हिउँसँग जोड्दै हिउँको मज्जा लिएका हुन्। हिउँको प्रोफाइल जोडेर मौलिक थकाली संस्कृतिको पहिचानलाई जीवन्तता प्रदान गर्दै पर्यटन प्रवद्र्धनमा सघाउन उनीहरूले थकाली पोसाकमै फोटो खिचाए।

ठिनी थकाली होमस्टेकी सदस्य जुमा थकालीले हिउँमाथि थकाली सभ्यताको पहिचान उजागर गर्न थकाली पोसाकमै फोटो खिचेको बताइन्। मुस्ताङ आउने पर्यटकलाई थकाली संस्कृति, रहनसहन लगायतसँग परिचित गराउन ठिनी गाउँले भूमिका खेलेको उनले बताइन्।

यस्तै स्थानीयवासी निशा थकालीले हिउँ पर्नु मुस्ताङका लागि वरदान भएको बताइन्। हिउँले कृषि र पर्यटन व्यवसायलाई सघाउ पुर्‍याउने भएकाले हिउँ पर्दा उत्साही हुँदै हिउँमाथि तस्बिर खिचेको उनले जनाइन्। केही वर्षअघि हिउँ नपर्दा लामा राखेर पूजाआजा गर्ने गरेको स्मरणसमेत उनको छ।

ठिनी गाउँ थकाली समुदायको उद्गम स्थल मानिएको छ। ठिनीमा थकाली समुदायका १३ घरधुरीले होमस्टे चलाएका छन्। उनीहरूले होमस्टेमा आएका पर्यटकलाई मौलिक थकाली कला संस्कृति पस्कने गर्छन् भने थकाली खानाका परिकारसमेत पर्यटकलाई पस्किएर पर्यटकको मन जित्ने गरेका छन्। हिमाली रैथाने अर्गानिक खानाका परिकार फापरको ढिँडो, उवाको सातु, तिब्बतियन चिया, फापरको रोटी, याक चांैरी र भेडाच्यांग्राका मासु, उवा र स्याउको रक्सीलगायतका परिकार होमस्टेको मुख्य विशेषता नै हो।

ठिनीमा थकाली ऐतिहासिक संग्रहालय, गुम्बा र स्नो लियोपार्ट र तालतलैया छन्। थकाली होमस्टे प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले समेत आर्थिक सहयोग पुर्‍याएको छ। पछिल्लो समय ठिनी गाउँ नजिकैको ढुम्बाताल पर्यटकको रोजाइ बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.