स्टन्ट स्टार ज्याकी चेन

स्टन्ट स्टार ज्याकी चेन

विश्व चर्चित कलाकार हुन्, ज्याकी चेन। उनको वास्तविक नाम चान कोङ साङ् हो। तर, सबैले उनलाई ज्याकी चेनको नामले नै चिन्ने गर्छन्। यति मात्र होइन कसैले युएन लाउ र कसैले बिग ब्रोदर पनि भन्ने गर्छन्।

उनी एक मार्सल आर्टिस्ट, कलाकार, निर्देशक, निर्माता, लेखक, पटकथा लेखक, स्टंट डाइरेक्टर, एक्सन कोरियोग्राफर र गायक पनि हुन्।

बाल्यकाल

७ अप्रिल १९५४ मा चीनको हङकङमा जन्मेका ज्याकी आफ्नो आमाबुवासँग अस्ट्रेलिया गए। त्यहाँ उनको बुवा अमेरिकन एम्बेसीमा हेड कूकको काम गर्थे। ज्याकीलाई बुवाले कूकिङ गरेको एकदमै मन पथ्र्यो। उनको बुवाले त्यही एउटा स्कुलमा भर्ना गरिदिए। तर, उनी त्यहाँ पहिलो कक्षामा नै फेल भए। त्यसपछि उनको बुवाले पढ्नका लागि फेरी हङकङ नै पठाए। त्यहाँ उनलाई एउटा बोर्डिङ स्कुलमा भर्ना गरिदिए। त्यहाँ उनी पढ्न थाले।

ज्याकीलाई पढ्न भन्दा पनि मार्सल आर्ट खेल्न र गीत गाउन एकदमै मन पथ्र्यो। उनलाई गायक वा खेलमै आफ्नो करियर बनाउन चाहन्थे। स्कुलमा उनी ‘सेभेन लिटल फच्र्यन्स’ समूहका एक सदस्य थिए। यो उक्त विद्यालयको बेस्ट विद्यार्थीहरूको एक समूह थियो।

फिल्ममा प्रवेश

‘सेभेन लिटल फच्र्यन्स’ समूहमा भएको बेला देखि नै उनले फिल्ममा काम गर्ने मौका पाए। त्यतिबेला उनी मात्र ८ वर्षका थिए। फिल्मको नाम थियो, ‘द लभ इन्टायर’ र ‘कम ड्रीन्क वीथ मी’। यसमा उनले काम गरेपछि मार्सल आर्ट झन मिहिनेत गरेर खेल्न थाले। उनले मार्सल आर्टमा ‘ब्ल्याक बेल्ट’ प्राप्त गरे। यसका साथै उनले ‘कराते, ‘जुडो’, ‘तेक्वान्दो’ पनि सिके। यसैमा लाग्दालाग्दै उनले आफ्नो पढाइ पूरा गर्न सकेनन्।

ज्याकीका आमाबुवा अस्ट्रेलियामा थिए। उनी एक्लै हङकङमा। उनी बसेको ठाउँमा लुटपाट, गुन्डागर्दी, चोरी, झगडा गर्थे। उनका कतिपय साथीहरू ‘ड्रक्स’ पनि बेच्ने गर्थे। मलाई पनि सबैले बिग्रेको भनेर गाली गर्थे। तर उनले ‘यस्तो कुलतमा कहिल्यै फस्दिनँ’ भनेर बाचा बरेका थिए। उनी त्यसलाई अहिलेसम्म कायम नै राखेका छन्।

जब उनी १७ वर्षका भए फिल्मा ‘स्टंट म्यान’का रूपमा काम सुरू गरे। त्यो बेला उनलाई ‘इन्टर द ड्रागन’ नामक फिल्ममा विश्व चर्चित नायक ब्रुस्लीसँग काम गर्ने मौका पाए। उनीसँग काम गर्न पाउँदा उनी निकै खुशी थे। यसरी स–साना रोलमा गर्दै उनी फिल्ममा काम सुरू गरे।

पहिलो पटक मुख्य भूमिका

सन् १९७३ मा पहिलो फिल्मा उनले पाए। तर, दुर्भाग्य फिल्म फ्लप भयो। उनीसँग अरू कुनै काम गर्ने उपाय पनि थिएन। त्यसपछि उनले फेरी एउटा किशोरकिशोरीको फिल्म गरे। यसमा उनले फाइट वा स्टंटको नाम निसानै छैन। त्यो पनि खासै चलेन।

अनि बने ज्याकी चेन

त्यसपछि फिल्मबाट अलि टाढा भएर सन् १९७६ मा उनले डिक्सन कलेजमा भर्ना भए। पढाइसँगै उनी एउटा कंन्सट्रक्सन कम्पनीमा काम गर्न थाले। उनी काम गर्ने ठाउँमा एक जना विल्डर थिए। उनको नाम ज्याक थियो। उनीसँगै काम गर्ने हुनाले उनलाई ‘सानो ज्याक’ भनेर बोलाउन थालियो र पछि मात्र ‘ज्याकी’। यसरी उनी ‘चान कोङ साङ’ बाट बने ज्याकी चेन।

काम गरिरहेको बेलामा एकदिन उनलाई चिठी आयो। चिठीमा उनलाई फिल्म खेल्नका लागि बोलाइएको थियो। त्यो चिठी थियो, बिली चेनको। जो यसभन्दा अघिको फिल्ममा ज्याकीको स्टंट देखेर प्रभावित भएका थिए। त्यसपछि ‘हानो अफ डेथ’ नामक फिल्म बनाए। तर, बिडम्बना त्यो फिल्म पनि फ्लप नै भयो। जति फ्लप भए पनि मैले मेरो स्टंटका कारण फिल्महरूमा साना साना काम लगातार पाइ नै रहे।

अनि बने चीनका ठूला स्टार

सन् १९७८ मा ‘स्नेक इन द इगल्स स्याडो’ नामक फिल्ममा काम गर्ने मौका पाए। उक्त फिल्ममा निर्देशकले स्टंट वा फाइट गर्न छुट दिए। ताकी उनी आफ्नै तरिकाले स्टंट गर्न सकुन्। जुन फिल्म सुपरहिट भयो। यो फिल्मा हिट हुनुमा कुम्फू र कमेडीलाई मि श्रण नै थियो। त्यसपछि मैले स्टंटसँगै कमेडी गर्न थालेपछि एकपछि अर्को हिट हुन थाले। यसपछि निर्माण भएका ‘स्पिरिचुयल कुम्फू’, ‘ड्रंकन मास्टर’ निकै हिट भयो।

त्यसपछि १९८१ बाट हलिउडका विभिन्न फिल्मा काम गरे। तर, एकपछि अर्को फ्लप हुँदै गयो किनभने उनी आफूले सोचे अनुसार काम गर्न पाउँदैनथे। चित्त नबुझेपछि उनी आफ्नै फिल्म कम्पनी खोलेर फिल्म बनाउन थाले।

हलिउडबाट उनी हङकङ फर्किए। ‘द योङ्ग मास्टर’ फिल्म बनाएले सारा फिल्म (ब्रुस्लीको पनि) को रेकर्ड तोड्यो। त्यसपछि उनी चीनका ठूला स्टार बने।

गिनिज बुक अफ वल्र्ड रेकर्ड

उनी त्यती सजिलै स्टार बनेका होइनन्। यसका लागि उनले रातदिन स्टंटको अभ्यास गरेका छन्। स्टंट गर्ने क्रममा उनको सायदै कुनै अंग मात्र होला, जुन भाँचिएको छैन। उनको औला, कुर्कुच्चा, कम्मर, नाक, गालाको हाड, ढाड, घुँडा आदि सबै ‘फ्याक्चर’ भइसके छन्। तै पनि उनी आफ्ना ‘फ्यान’ का लागि जस्तोसुकै गाह्रो स्टंट पनि कुनै प्रवाह नगरी गर्ने गर्छन्। यसै कारण उनलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा ‘मोस्ट स्टंट बाइ अ लिभिङ एक्टर’ का रूपमा नाम लेखाएका छन्।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.