चितवनमा बस दुर्घटना : २१ चिनियाँ पर्यटकसहित २४ जना घाइते

चितवनमा बस दुर्घटना : २१ चिनियाँ पर्यटकसहित २४ जना घाइते

चितवन : चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १ रामनगरमा शुक्रबार बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक घाइते भएका हुन् । काठमाडौंबाट चितवन आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो ।

ट्रकमा ठक्कर खाएपछि बस सडक छेउको घरमा ठोक्किन पुगेको थियो। घाइतेमध्ये तीन जना अवस्था गम्भीर रहेको छ । ट्रकमा सवार दुई जना र घरमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.