पर्यटक बस दुर्घटना : २१ चिनियाँसहित ३३ जना घाइते (अपडेट)

पर्यटक बस दुर्घटना : २१ चिनियाँसहित ३३ जना घाइते (अपडेट)

चितवन : चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा ३३ जना  घाइते भएका छन। शुक्रबार बिहान सवा ११ बजेतिर भरतपुर महानगरपालिका-१ रामनगरमा दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक घाइते भएका हुन्। घरमा रहेका एक जना महिला घाइते भएको प्रहरीले जनाएको छ। 

काठमाडौंबाट सौराहा आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो। ट्रकमा ठक्कर खाएपछि बस सडक छेउको घरमा ठोक्किन पुगेको थियो।

घाइतेमध्ये तीन जना अवस्था गम्भीर रहेको छ। ट्रकमा सवार दुई जना र घरमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.