बग्गीखानाकै शैलीमा दोलखामा ट्राफिक सचेतना

बग्गीखानाकै शैलीमा दोलखामा ट्राफिक सचेतना

चरिकोट : ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई बग्गीखानाकै शैलीमा ट्राफिक सचेतना अभियान दोलखामा सुरु गरिएको छ । जिल्ला प्रहरीको सक्रियतामा बग्गीखानाकै शैलीमा शुक्रबारदेखि ट्राफिक नियम सचेतना सम्बन्धि कक्षा संचालन सुरु गरिएको हो । जिल्लामा सवारीसाधनको बढ्दो दुर्घटनालाई मध्यनजर गरेर न्यूनीकरणका लागि कक्षा सञ्चालन गरिएको हो ।

ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने चालकहरुलाई विद्यमान कानुनले गरेको व्यवस्थासहित सचेतनामूलक कक्षा सञ्चालन गरिएको दोलखा प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले बताए । जिल्लामा पहिलोपटक सञ्चालन गरिएको कक्षामा नियम उल्लंघन गरेर सवारी चलाउने ४० जना चालकलाई सचेतनामूलक प्रशिक्षण दिइएको डीएसपी पोखरेलले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लेन अनुशासन पालना नगर्ने क्षमताभन्दा बढि यात्रु बोक्ने तथा सामान औसारपसार गर्ने, सवारी अनुमतिपत्र बिना सवारी चलाउने लगायतका ट्राफिक नियम उल्लंघन गर्ने ४० जना चालकलाई श्रव्यदृष्यसहितको ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी चरिकोटका प्रमुख सई गोकर्ण नेपालले जानकारी दिए ।

ट्राफिक सचेतनासम्वन्धि कक्षा नियमित रुपमा हरेक सञ्चाल गर्ने र आवश्यकताअनुसार कक्षा थप समेत गरिने डीएसपी पोखरेलले जनाए । ट्राफिक सचेतना कक्षा नलिइकन चालकसँग लिएको कागजपत्र फिर्ता नगरिने उनको भनाई छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.