उपल्लो मुस्ताङमा तीन फिट हिउँ

उपल्लो मुस्ताङमा तीन फिट हिउँ

जोमसोम : जिल्लाको उत्तरीक्षेत्रमा पर्ने उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार उपल्लो मुस्ताङका २ पालिकामा ३ फिट बढी हिउँ परेको हो। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भारी हिमपात भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। हिउँ र पानी मिश्रित आशिंक वर्षा भईरहँदा उपल्लो मुस्ताङमा बिहिबार रातिदेखि हिमपात भइरहेको प्रजिअ अर्यालले बताए।

यस्तै, मध्य मुस्ताङमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ को प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र आसपासका गाउँमा डेढ फिट बढी हिउँ परेको अर्यालले बताए। पर्यटकीय तथा धार्मिकस्थल मुक्तिनाथ क्षेत्र हिमपातसँगै सुनसान भएको छ। मुक्तिनाथ क्षेत्रमा हिमपात भएसँगै दर्शन गर्ने तिर्थालु जाडो र यातायात अवरुद्ध भएकाले समस्यामा परेका छन्।

हिमपातले स्थानीयको दैनिकीमा प्रतिकुल असर परेको छ। लोमान्थाङ गाउँपालिकास्थित थुर्लुङ फाँटमा रहेको नेपाली सेनाको सैनिक टुकडी पनि हिमपातसगै जिल्लाको गणमा फर्किएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। उपल्लो मुस्ताङमा कार्यरत सरकारी तथा गैरसरकारी निकाय र बित्तिय संस्थामा कार्यरत कर्मचारी अत्याधिक चिसो र हिमपातका कारण यसअघिनै जिल्ला फर्किएका थिए।

लोघेकरको चराङ प्रहरी चौकी र लोमान्थाङको प्रहरी चौकी बाहेका सबै प्रहरी सुरक्षा इकाईहरु जिल्लामा फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उपल्लो मुस्ताङका २ पालिकाहरु हिमपातसँगै १ महिना अघिनै बन्द भएको थियो। यस्तै, लोमान्थाङमा रहेको ईलाका प्रशासन कार्यालयका कर्मचारी र सुरक्षा निकाय सबै बेसी झरेको र कार्यालय आफु एक्लैले कुरेर बसेको कार्यालय सहयोगी आङ्ग्या गुरुङले जानकारी दिए।

उपल्लो मुस्ताङमा तापक्रम माइनस १५ डिग्री माथि पुगेको छ भने मुस्ताङको तल्लो क्षेत्रमा पनि जाडो बढेको छ। हिमपात र जाडोले उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका ग्रामिण बस्ती र सदरमुकाम जोमसोम पुरै सुनसान भएको छ भने पर्यटकको आउजाउ सुन्य जस्तै देखिएको छ। हिमपात र वर्षासँगै विद्युत र सञ्चार सेवासमेत अनियमित बनेको छ। उपल्लो भेकमा शाखा नदी, खानेपानीका धारा र सेफ्टी ट्याङ्की ठण्डीले जमेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.