सुदूरपश्चिम महोत्सव हुने

सुदूरपश्चिम महोत्सव हुने

डडेल्धुरा : पर्यटन वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा महोत्सव हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गरी पर्यटकलाई आकर्षण गर्न धेरै सम्भावित स्थानहरु रहेकाले गन्तव्य पहिलाउनका सुदुरपश्चिम स्तरिय महोत्सव डडेल्धुरामा हुन लागेको उद्योग वाणिज्य सघंले जानकारी गराएको हो।

‘सुखी नेपाली सम्वृद्ध नेपाल कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्धिको आधार’ मुख्य नारासहित फागुन ८ देखि १८ गतेसम्म डडेल्धुरामा महोत्वस हुने उद्योग वाणिज्य सघं डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए। ‘यस ठाउमा थुप्रै पर्यटकिय गन्तव्य छन्, ति गन्तव्यको प्रचार प्रसार र पर्यटकलाई आकर्षण गर्न र भ्रमण वर्ष २०२० लाई सफल पार्न सुदुरपश्चिम महोत्सवको तयारिमा जुटेका छौं’ भट्टले भने।

जिल्लामा रहेका उग्रतारा मन्दिर, अमरगढी किल्ला, घटालथान, रावलतोली गुफा, आलिताल, परशुराम धाम, अजयमेरुकोटसगैं अन्य धार्मिक र ऐतिहासिकस्थल आन्तरिक र वाह्य पर्यटकका लागि मुख्य गन्तव्य छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.