होटल बढे, पर्यटक बढेनन्

होटल बढे, पर्यटक बढेनन्

चितवन : सरकारले भ्रमण वर्ष सुरु गरे पनि चितवनका होटल सुनसान छन्। पर्यटकीय गन्तव्य सौराहा, मेघौली र पटिहानीमा अपेक्षाअनुसार पर्यटक भित्रिन सकेका छैनन्। भ्रमण वर्षको अवसरमा निकै तामझामका कार्यक्रम गरिए पनि यी ठाउँमा पर्यटकको चहलपहल न्यून छ।

अन्य वर्षको तुलनामा यस वर्ष झन् पर्यटक कम आएका छन्। आन्तरिक र बाह्य पर्यटकको संख्या ज्यादै न्यून छ। भ्रमण वर्षको चर्चाको तुलनामा सरकारको योजना नहुँदा यहाँका होटल खासै भरिभराउ हुन सकेका छैनन्।

भ्रमण वर्षलाई उत्सवका रूपमा मनाउने सरकारी योजना कार्यान्वयनको पाटोमा फितलो छ। अन्तर्राष्ट्रिय स्तरमा भ्रमण वर्षको चर्चा हुन नसक्दा पर्यटन व्यवसाय प्रभावित बनेको छ। व्यवसायीमा खासै उत्साह छैन। गत वर्ष यो समयमा आन्तरिक पर्यटक बढी आउने समय हो। भ्रमण वर्षको अभियानले पर्यटन व्यवसायलाई छुन सकेको छैन।

मेघौलीको साराङ वाइल्ड लाइफ स्याङचरीका सञ्चालक सुवोध प्रधानले नेपालभन्दा बाहिर अभियान लान नसकिएका कारण पर्यटक आउन नसकेको बताए। भ्रमण वर्षमा सहज हुनको साटो अप्ठेरो अवस्था सिर्जना भएको उनले बताए। निकुञ्जमा जीप सफारी गराइने गाडीको प्रदेशको यातायात कार्यालयमा दर्ता नगरेको भन्दै रोक लगाएको थियो। व्यवसायीले विरोध गरेपछि निकुञ्जले म्याद थप्दै सञ्चालन अनुमति दिएको छ। ‘हामीलाई ,ऊर्जा दिनुपर्नेमा झन् कठिन बनाउने गरिएको छ’, प्रधानले भने, ‘वागत गरेर के गर्नु बाहिरबाट आउने पर्यटक एक जनापनि बढेको छैन ’। मेघौलीमा तीनवटा ठूला होटलसहित केही सानाहोटल छन्। चौधरी ग्रुपको मेघौलीताज सेराई र होटल बाराही छन्। यी होटलमा पर्यटक खासै छैनन्।

पर्यटनका लागि भ्रमण वर्ष भनिए पनि पर्यटकको संख्या बढाउने नीतिगत विषय सरकारी योजनामा छैन। सरकारले बाह्य पर्यटकका लागि सुविधा दिन सकेको छैन। सुविधा बढाउन नसक्दा पर्यटक बढ्न सकेको छैन। न्यूनतम् सुविधा आवश्यक सुविधा हुन नसक्दा भ्रमणका लागि तोकिएको राजस्वमा सुविधा नदिएको गुनासो व्यवसायीको छ।

चितवन राष्ट्रिय निकुञ्जको कारण वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन्। यहाँका व्यवसायीले निकुञ्ज प्रवेशका लागि दिइने टिकटको अवधि बढाउन वर्षौंअघि राखेको मागअझै पूरा हुन सकेको छैन।

पर्यटन व्यवसायी टिकटको अवधि कम्तीमा ३ दिन लम्बाउन सके पर्यटकको बसाइ पनि लम्बिने क्षेत्रीय होटल संघ नेपाल चितवन च्याप्टरका वरिष्ठ उपाध्यक्ष राममणि खनालले बताए। ‘एकपटक निकुञ्जमावन्यजन्तु नदेखे फेरि जानखोज्दा अर्को टिकट लिनुपर्छ यसले पर्यटक निराश छन्’, खनालले भने, ‘टिकटको अवधि लम्ब्याउन सके पर्यटकको बसाइ लम्बिँदा धेरै राम्रो प्रभाव पर्छ।’

वागमती प्रदेश सरकारले सौराहाबाट प्रदेशको भ्रमण वर्षको औपचारिक सुरुगरेको थियो। जिल्लामा भ्रमण वर्षको खासै उत्साह छैन। हवाई यातायात, भ्रमण गरेबापतको लिइने राजस्वमा कुनै सुविधा छैन। यो बेला आन्तरिक पर्यटक बढ्ने समय हो। तर संख्याकम छ। मौसमका हिसाबले फेब्रुअरीबाट पर्यटनको खास सिजन मानिन्छ। गत सालभन्दा यसपटक ५० प्रतिशतले संख्या कम भएको व्यवसायी बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटन बजारको प्रचार हुन नसकेको जानकार बताउँछन्। होटलमा लगानी बढे पनि पर्यटक बढ्न सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.