स्तरीय परामर्श दिने एरिको प्रतवद्धता

स्तरीय परामर्श दिने एरिको प्रतवद्धता

काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएका व्यवसायीको छाता संस्था एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ इन नेपाल (ऐरि) को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाले नयाँ संस्थालाई सदस्यता प्रदान गरेको छ। विधान पनि संसोधन गरेको संस्थाका अध्यक्ष द्धिराज शर्माले बताए । उनका अनुसार संस्थामा अहिले ३० वटा परामर्श व्यवसायी आवद्ध छन् । ती व्यवसायीको विभिन्न स्थानमा दुई सय वटा कार्यालय सञ्चालनमा छ ।

एक हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । यी संस्थामार्फत वार्षिक पाँच हजारको हाराहारीमा विद्यार्थी उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने गरेको अध्यक्ष शर्माले बताए । साधारण सभामा संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सदस्य सरिता न्यौपानेले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई रोक्न नसकेपनि अध्ययन सकेपछि स्वदेश नै फर्कने वातावरण बनाउन एरि नेपाललाई अनुरोध गरिन् ।

नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बडले उच्च शिक्षा अध्ययनका लागि नेपालीको लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्य भएको बताए । नेपाली विद्यार्थीले अध्ययनमा देखाएको लगनसिलता र इमान्दारिताको उनले प्रशंसा गरे । तीन महिना समय अघि मात्र अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले अष्ट्रेलिया गएका नेपालीको हितका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गरेर फर्केका नेपालीको संस्था आनाका अध्यक्ष डा. रामहरि नेपालले अष्ट्रेलियामा सिकेको सीपलाई स्वदेमै खर्च गर्नुपर्छ भन्ने उद्देश्यले आफूहरुले स्वदेश फर्क अभियान चलाइरहेको बताए ।

गैर आवासिय नेपाली संघ (एनआरएन)का उपाध्यक्ष मन केसीले उच्च शिक्षा अध्ययनका लागि गएका विद्यार्थीले अष्ट्रेलियामा पनि राम्रो प्रगति गरेको बताए । कार्यक्रममा ऐरी नेपालका अध्यक्ष द्धिराज शर्माले अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई आफूहरुले भरपर्दो सूचना दिएर पठाएको बताए । 'म दावीका साथ भन्छु, हामी विद्यार्थीलाई जसरी पनि अष्ट्रेलिया पठाइ हालौं भन्दैनौं । पहिला त्यहाँको वास्तविक अवस्था बताउँछौं । त्यसपछि विद्यार्थी आफै कन्भिन्स भएपछि मात्र अन्य सहयोग गर्छौ, शर्माले भने, 'यहि कारणले गर्दा हाम्रा सदस्य संस्थाबाट गएका विद्यार्थीले अष्टेलिया पुगेपछि कुनै झन्झट बेहोर्नुपर्दैन ।'

ऐरी नेपालमा सदस्य बन्नकै लागि पनि निकै कठिन शर्त पालना गर्नुपर्ने बताउँदै उनले भने, 'हाम्रा सदस्यले आचार संहितामा रहेर परामर्श दिनुहुन्छ । मापदण्ड पूरा गर्ने, आचारसंहिता पालन गर्ने र सही आचरण गर्नेहरु मात्र ऐरीको सदस्य बन्न सक्छन्,' शर्माले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.