बहिनी हत्या गरी फरार दाजु १२ वर्षपछि पक्राउ

बहिनी हत्या गरी फरार दाजु १२ वर्षपछि पक्राउ

भैरहवा : करिब १२ वर्षअघि सुस्त मनस्थितिकी १० वर्षीया बहिनी रेखा बेलदारको हत्या गरी फरार रहेका दाजुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको मर्चवारी गाउँपालिका ६ ठर्की (साविकको बगौली गाविस १) का ५५ वर्षीया रामपत बेलदारको ६ जना छोरा छोरी थिए। 

जसमध्ये छोरी रेखा सुस्त मनस्थितिकी थिइन् । नबालिका रेखा सुस्त मनस्थितिकी भएकाले बुवा रामपत र दाजु रामभवन बेलदार उनीसँग झन्झट मान्ने गरेका थिए । रेखालाई रुचाउन छाडेका थिए । सोही अनुसार बुवा र दाजुले हत्याको योजना बनाएर रेखाको टाउकोमा कोदालोले हानेर हत्या गरेको अनुसन्धानमा पाइएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

प्रहरीका अनुसार हत्यापश्चात रेखाको खोजतलास सुरु भएपछि ५ दिनपछि उनको शव नेपाल भारतको सीमानामा रहेको डण्डा नदी किनारमा खाल्डो खनेर पुरेको अवस्थमा फेला परेको थियो ।आफ्नै परिवार सदस्यको निर्ममतापूर्वक हत्या गरेको भन्दै सोही समयमा स्थानीय तेजप्रसाद सिंहले कर्तव्य ज्यान मुद्दामा प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका थिए । घटनालगत्तै अभियुक्त बुवा र दाजु फरार भएर भारतमा लुकिछिपी बस्दै आएका थिए ।

पक्राउ परेका ३७ वर्षीय दाजु राभवनले भारतमा बस्ने क्रममा फरार ५५ वर्षीय बुवाको मृत्यु भइसकेको प्रराम्भिक बयान दिएको प्रवक्ता खत्रीले बताए । फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा इप्रका मर्चवारबाट प्रहरी हवल्दार कृष्णसिंह वलीको कमाण्डमा खटेको टोली गोप्य सूचनाको आधारमा मर्चवारी गाउँपालिका ६ दुईमुहानघाटबाट दाजु रामभवनलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका रामभवनलाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.