पहिरोले दशरथचन्दराजमार्ग अवरुद्ध

पहिरोले दशरथचन्दराजमार्ग अवरुद्ध

डडेल्धुरा : डडेल्धुरा अमरगढी नगरपालिका ६ को भालुमारेमा आएको पहिरोका कारण दशरथचन्द राजमार्गमा अवरुद्ध भएको छ । आइतबार बिहान सडकमा पहिरोसँगै रुख ढलेपछि भालुमारेमा दशरथचन्द राजमार्गमा यातायात सेवा अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउन अमरगढी नगरपालिकाको डोजर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार पहिरो र रुखका कारण सडक आंसिक रुपमा अवरुद्ध भएको छ । मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहेको भएपनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन् ।

लगातारको वर्षा र हिमपातपछिको पहिरोले ३ जिल्ला बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.