सूचना प्रविधि विधेयकविरुद्ध कांग्रेसले बुझायो विरोधपत्र

सूचना प्रविधि विधेयकविरुद्ध कांग्रेसले बुझायो विरोधपत्र

परासी : प्रहरीसँग प्रतिकार गर्दै पश्चिम नवलपरासीका कांग्रेस कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई सूचना प्रविधि विधेयकविरुद्ध विरोधपत्र बुझाएका छन् । 

केन्द्रिय समितिको निर्देशनअनुसार कांग्रेस कार्यकर्ताहरु विरोधपत्र बुझाउन नाराबाजीसहित आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कार्यालयको प्रवेशद्धारमा रहेका प्रहरीले गेट लगाएर रोक्न खोजेपनि प्रतिकार गर्दै कांग्रेस कार्यकर्ता प्रशासन कार्यालयको मुल गेटमा पुगेर नारबाजी गरे।

जिल्ला प्रशासन परिसरमा नाराबाजी गर्न निषेध गरिएको छ। त्यसका बाबजुद कांग्रेस कार्यकर्ता प्रहरीलाई ठेलमेल गर्दै मुल गेटमा पुगेका थिए । कार्यबहाक जिल्ला सभापति अर्जुनकुमार पोखरेलको नेतृत्वमा पुगेका कांग्रेस कार्यकर्ताले सिडीओले जुलुसकै बीचमा आएर विरोधपत्र बुझ्नुपर्ने अडान राखेपछि प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी गेटमै पुगेर विरोधपत्र बुझेका थिए। 

विरोधपत्र बुझाएपछि आयोजित कोणसभामा कार्यबहाक सभापति पोखरेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै नागरिकका अधिकार हनन गर्न उद्दत रहेको भन्दै त्यसका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

विधेयकले नागरिकको फोन ट्यापिङ समेत गर्न सक्ने र सामाजिक सञ्जालमा व्यंग गरेवापत पाँच वर्ष जेल र १५ लाख जरिवाना तोकिने प्रावधानले अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको अधिकार हनन गरेको भन्दै त्यसविरुद्ध सबै नागरिक सडकमा आउनुको विकल्प नरहेको पोखरेलले जोड दिए । 

जिल्ला प्रशासन कार्यालय अगाडी नारबाजीगर्दै ग्रेसका कार्यकर्ता। तस्बिर :हरि शर्मा


 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.