प्रदेशसभाका कांग्रेस नेता पोखरेलको निधन
रुपन्देही : ५ नम्बर प्रदेशका कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित नेता पोखरेलको सोमबार दिउँसो पौने २ बजे आफ्नै निवास रुपन्देहीको तिलोत्तमा नगरपालिकाको खैरिहयामा निधन भएको हो।
प्रदेशसभा सदस्य रमा अर्यालले पोखरेलको सोमबार दिउँसो निधन भएको जानकारी दिइन् । ८२ वर्षीय पोखरेल प्रदेश सभामा ज्येष्ठ सदस्य समेत थिए । ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता उनैले गरेका थिए । पोखरेलकी जेठी श्रीमतीको निधन भइसकेको छ ।
उनका कान्छी श्रीमती, ४ छोरा र २ छोरी छन् । ६ दशक भन्दा लामो राजनीतिक जीवन भोगेका पोखरेल समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेका थिए।